Wednesday, July 28, 2010

शिविर भित्र

                   सोलर बत्ती चोरी गर्न पक्राउ

झापाको दमक स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा सोलार बत्ती चोरी गर्ने कार्यमा संम्पन्न तीनजना पक्राउ परेका छन् ।

दाता निकाय लुथरन विश्व फेडेरेशन नेपालले भूटानी शरणार्थी शिविरको सर्वजनिक स्थलमा सोलार प्यानल जडान गरेको छ ।

बत्ती हराउन थालेपछि निगरानी गर्ने क्रममा बेलडाँगी १ का १८ बर्षिय दिलीप राई २२ बर्षिय मंगल सिङ्ग गुरुङ्ग १८ बर्षिय सन्तोस राई लाई पक्राउ गरिएकॊ सशस्त्र प्रहरी बल बेलडाँगी बेस क्याप्मका सशस्त्र प्रहरी निरीक्षक भूपेन्द्र निरैलाले बताउनु भयो ।

उनीहरुले चोरी गरेको बत्ती चुलाचुली ८ बस्ने मनमाया कार्कीलाई दश हजार ५ सय रुपैयाँमा बिक्री गरेको प्रहरी समक्ष बयान दिएको निरौलाले जानकारी दिनुभयो ।
यता आम्दा अस्पातलको बेलडाँगी आकस्मिक सेवाको कार्यालबाट ठूलो सोलार ब्याट्री चोरी भएको छ ।
ती बत्ती जापान सरकारको सहयोगमा शिविरमा राखिएका हुन् । बेलडागी १ बाट मात्र एकलाख पचास हजार रुपैयाँ बराबरको दुई वाटको सोलर बर्ती र ब्याट्री चोरी भएको परियोजनका लागि लुथरन विश्व फेडेरेसन नेपालका कार्यक्रम अधीकृत गंगाधर चौधारीले बताउनु भयो ।

                               

No comments:

Post a Comment