Friday, July 30, 2010

शिबिर भित्र

 1.टिमाई शरणार्थी शिबिरमा भलिबल प्रशिक्षक प्रशिक्षण भईरहेको छ ।
गएको बुधबार शुरु त्यो प्रशिक्षणमा सातैवटा शिबिर र शिबिर आसपासका समेत ४४ युबा सहभागि छन् । प्रशिक्षार्थी मध्ये १४ महिला छन् ।
प्रशिक्षण ७ अगस्त सम्म चल्ने छ ।
प्रशिक्षणमा झापा जिल्ला खेलकुद समितीकी भलिबल प्र्रशिक्षक हिमा थापा स्रोत ब्यक्ती रहनु भएको छ ।
प्रशिक्षण प्रशिद्ध स्पेनी फुटबल क्लब एफसी बासर्ीलोनाको सहयोग रहेको युबा मैत्री केन्द्र कारितासका कार्यक्रम सहसंयोजक मनोरथ पोखरेलले बताउनु भएको छ ।



2  शिबिरका सार्बजनीक स्थलमा राखिएका सौर्य बत्ति चोरेर बेचेको अभियोगमा पक्राउ परेका तिन शरणार्थी युबालाई लगभग चारलाखको बिगो सहित मुद्धा चलउने तयारी भईरहेको छ ।
गत मंगलबार राती बेलडाँगी १ शरणार्थी शिबिरमा समातिएका सेक्टर सि २ छाप्रो नम्बर ९४का मंगलिसंह गुरुङ सेक्टर सि २ छाप्रो नम्बर १४५का दिलिप राई र खुदुनाबारी शरणार्थी शिबिर सेक्टर सि २ छाप्रो नम्बर ५५का सन्तोष राईलाई त्यसरी मुद्धा अघि बढाईएको बताईएको छ ।
सहायता संस्था लुथरन बिश्व महासंघले शिबिरमा जडान गरेका मध्ये सातैवटा शिबिरबाट ३९ वटा सौर्य बत्ती चोरिएको लुथरनका कार्यक्रम अधिकृत गंगाधर चौधरीले बताउनु भएको छ ।


 3. भुटानी शरणाथीृ बाल माचले सातवटै शिबिरमा बाल नृत्य प्रतियोगिता शुरु गरेको छ ।
अघिल्लो साताबाट शुरु त्यो प्रतियोगिता सेक्टर स्तरमा सकिएपछि ६ अगस्तमा माचको बार्षीकोत्सब कार्यक्रममा शिबिरस्तरिय प्रतियोगिता भएपछि सकिनेछ ।
अन्तिम चरणमा सातै शिबिरबाट एक बालक र एक बालिकका दरले छानिएका १४ बिच प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताबाट सर्बाेत्कृष्ट एक बालक र एक बालिकालाई उत्कृष्ट बर्ष बाल गायक र बर्ष बाल गायिका घोषित गरिने मन्चले जनाएको छ ।

No comments:

Post a Comment