Wednesday, July 28, 2010

तेस्रो दिन भोक हड्ताल जारी

राहतको माग गर्दै आन्दोलनरत भुटानी शरणार्थीहरुले आज तेस्रो दिन पनि भोक हड्ताल जारी राखेका छन ।


राहत पिडित ३ हजार एक सय ९० भुटानीहरुले झापा र मोरङका सातै शिविरमा हड्ताल गरिरहेका छन । प्रमाणिकरणबाट छुटेका शरणार्थीहरुले राहत नपाइएको भन्दै एक हप्ते हड्तालमा बसेका छन ।

शरणार्थीहरुले दातृ निकायबाट दिइने राहत आफुहरुले उचित रुपमा पाउनुपर्ने माग अघि सारेका छन । राहत पिडित बन्चतीत शरणाथी समुहका संयोजक नन्दु पौडेलले मागउपर सुनुबाई नभएसम्म युएनएचसीआरका सबारी साधन चल्न नदिने समेत चेतावनी दिनुभयो ।

No comments:

Post a Comment