
यसै क्रममा सीमा क्षेत्र लघु योजनाअनुरुप नेपाल र भारतको सिमानामा भईआएका बालबालिका तथा महिला बेचविखन सम्बन्धी शनिबार नेपालको काकडभिट्टामा माइती नेपालले आयोजना गरेको एक कार्यक्रममा भुटानी शरणार्थी शिविरका युवाहरुले “मेरो अधिकार” नामक सडक नाटक प्रस्तुत गरेका थिए । बालबालिकामाथि हुने शोषण, हिंसा, बेचविखन लगायत कुसँस्कारको युवाहरुले विरोध गर्नुपर्छ भन्ने पटकथामा आधारित नाटकको परिकल्पना तथा निर्देशन भूटानी पत्रकार अर्जुन प्रधानले गरेका थिए भने शब्द संगीत गणेश, हरि गजमेरको रहेको थियो । दर्शकहरुको मनलाई दिलन समाल, लोक महोरा, मंगली गुरुङ, आइत गुरुङ आदि कलाकारले ब्यङ्ग्यात्मक रुपमा चेतना दिएका थिए ।
त्यसैगरि भारतका कलाकारहरुले पनि शिक्षा सम्बन्धि वकालत गरेका थिए सिमानामा । सो अभियान नेपाल र भारतका मुख्य सिमानामा हुनेछ । यस अभियानलाई माइती नेपाल, युवा सहभागिता परियोजना, सनलुप, इक्याप्ट आदि संघ संस्थाले बालबालिका सुन्दर भविष्यका लागि प्रायोजन गरेको हो ।
त्यस अवसरमा माइती नेपालले सिमानामा हुने वाल यौन शोषण विरूद्ध कडा सुरक्षाको माग गर्दै जनचेतनामूलक सडक नाटक प्रस्तुत गरेको थियो भने बालबालिका माथि हुने ब्यावसायिक यौन शोषणको विरुद्धमा युवा सहभागिता आजको आवश्यक्ता भन्दै नेपाल, भारत लगायत भूटानका कलाकारहरुले विभिन्न जनचेतनामूलक कार्यक्रम गरि सम्वन्धित सबै निकायमा जानकारी दिएका छन् ।
“सिमानामा देखिएको ब्यावसायिक यौन शोषणले बालबालिकाको भविष्य अन्धकारमय भएको छ” नेपालका लागि युवा सहभागिता परियोजनका प्रतिनिधि रमेश कार्की भन्छन् “नेपालमा ब्यावसियक यौन शोषणमा परेका बालबालिकाहरु ४०,००० बढी छन् ।”
“सिमानामा रहेका बुद्धिजिवी युवाहरुको सहभागिताबाट यस्ता हिंसाको विरुद्धमा अभियान चाल्दै हिँसा विरुद्धका हातहरु दक्षिण एसिया भरि नै फैलाउन पाउँ”, भन्छन् माइती नेपालका पूर्वाञ्चल अधिकृत गोविन्द घिमिरे ।
No comments:
Post a Comment