Wednesday, July 28, 2010

शिविरमा मनि ट्रान्सफर

भुटानी शरणार्थी तेस्रो मुलुक पुनःस्थापना हुन थालेपछि झापाको दमक आसपासमा दैनिक रु १० लाख रेमिटेन्समार्फत भित्रिने गरेको छ ।


विश्वका आठवटा समृद्धशाली मुलुकमा पुनर्वास भएका भुटानीले शिविरमा रहेको आफन्तलाई रकम पठाएपछि यतिको मात्रमा रेमिटेन्स भित्रिने गरेको हो ।

अढाई वर्षघिदेखि भुटानी शरणार्थीलाई अमेरिका, क्यानडालगायतका आठ मुलुकमा पुनःस्थापना गरिँदैआएको छ । शिविरमा विभिन्न मनि ट्रान्सफरमार्फत शरणार्थीले रकम पठाउने गरेका छन् ।

शरणार्थीको परिचयपत्रका आधारमा उनीहरुले रकम पाउने गरेका छन् । दमकको बेलडाँगी शिविरमा मात्रै २६ वटा मनि ट्रान्सफर सञ्चालित छन् । त्यस्ता मनि ट्रान्सफरले सरकारी अनुमति बेगर कारोबार गर्दैआएका छन् ।

No comments:

Post a Comment