Tuesday, July 27, 2010

सहायता बि~ाचत शरणार्थीको भोक हडताल

दमक । सहायताबाट बिाचत भुटानी शरणाथीहरुले सोमबारदेखि झापा र मोरङका शिबिरमा रित्तो थाल बोकेर भोक हडताल गरिरहेका छन् ।
दुईमहिना अघि गठित सहायता बिाचत पिडित शरणार्थी समुहको आब्हानमा भोक हडतालमा बसेका शरणार्थीले सहायता दिन नथालिएसम्म प्रदर्शन जारी राख्ने बताएका छन् ।
हिजो शुरु रिले भोक हडतालमा सहायता बिाचत शरणार्थी पालै पालो बसिरहेको सहायता बिाचत पिडित शरणार्थी समुहका संयोजक नन्दु पौडेलले बताएका छन् ।

सातै शिबिरमा राष्ट्रसंघिय शरणार्थी आयोग लगायतका संस्थाको सहायताबाट बिाचत शरणार्थीको संख्या तिनहजार एकसय ९० रहेको छ ।
शरणार्थीको रुपमा दर्ता नपाएका गणनामा छुटेका शरणापेक्षीको सुचिमा परेका तथा रासन कार्ड बितरणमा छुटेका शरणार्थी सहायताबाट बिाचत छन् ।
भोक हडतालमा सहभागी शरणार्थीले सहायता संस्थाहरुले राहत नदिएर मानबिय संकट हेर्न खोजेको भन्दै संस्थाहरुको आलोचना गरेका छन् ।
यसैबिच शिबिर सचिबहरुले पनि बिज्ञप्ती निकाली राहतबाट बिाचत शरणार्थीको मागप्रति ऐक्यबद्धता जनाएका छन् ।
राष्ट्रसंघिय शरणार्थी आयोगले भने शरणार्थीको पुन दर्ता लगायतका बिषयमा सरकारसँग कुरा भईरहेको बताएको छ ।

No comments:

Post a Comment