Friday, March 19, 2010

कार्यक्रम


सुख्खा यामसँगै शरणार्थी शिविरहरुमा हुनसक्ने आगलागिका घटनाप्रति सजग हुन आग्रह गर्दै गोलधाप र बेलडाँगी एक शिविरमा र्‍याली र सभा गरिएको छ । विहान १० बजेतिर गोलधाप शिविरमा निस्किएको र्‍यालीले सलाई, लाइटर जस्ता आगो निस्किने बस्तु बालवालिकाले नभेट्ने ठाउँमा राख्न र आगोको हिफाजतपूर्ण प्रयोग गर्न आह्वान गर्दै शिविर परिक्रममा गरेको थियो । र्‍यालीपछि भएको सभामा गोलधाप शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव पूर्ण बहादुर गुरुङ, युवा मैत्री केन्द्र गोलधापका संयोजक सागर तिम्सिनालगायतले आगलागिबाट होसियार रहन शरणार्थीलाई आग्रह गर्नुभयो । गोलधाप शिविरमा दुइ बर्षअघि भएको आगलागिमा परेर एकहजार दुइ सय ६५ छाप्रा नष्ट भएका थिए । आज भएको कार्यक्रममा सन् २००८ को मार्च १ तारिकमा भएको आगलागिको घट्नासँग सम्वनिधत वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो । वृत्तचित्र युवा मैत्री केन्द्र गोलधापले बनाएको हो ।
यसैगरि वेलडाँगी १ को युवा मैत्री केन्द्रले पनि आगलागिबाट बच्न आग्रह गर्दै जनचेतनामूलक र्‍याली निकालेको छ । बेलडाँगी एक शरणार्थी शिविरमा गएको माघ महिनामा भएको आगलागिका कारण लगभग एक सय छाप्रा नष्ट भएका थिए ।

यसैबीच भूटानी शरणार्थी शिविरमा असावधानीका कारण आगलागीका घटना बढेको ठहर गर्दै बेलडाँगी शिविरमा चुरोट बेच्न प्रतिबन्ध लगाइने भएको छ ।
दुइ दिन भित्रमा शिविरका पसलहरुबाट चुरोट हटाउन निर्देशन दिईएको शसस्त्र बेस क्याम्प बेलडाँगीका प्रहरी निरीक्षक गुणराज बानियाँले बताउनु भयो ।

युरोपमा भएका भुटानी शरणार्थीले जेनेभामा भएको मानवाधिकार परिषदको तेह्रौं बैठकका अवसरमा शरणार्थी समस्याका बारेमा बैठक स्थलबाहिर खवरदारी गरेका छन् । भुटानी एडभोकेसी फोरम युरोपको अगुवाइमा वैठक स्थलबाहिर खवरदारी सभा भएको थियो । हिजो भएका खवरदारीका सहभागिहरुले शरणार्थी फिर्तिका बारे कदम चाल्न र भुटानी नागरिक माथिको हिंसा रोक्न भुटानसँग माग गरेका छन् । आफूहरुमाथिको हिंसाले परिस्थिति थप जटिल हुने पनि उनीहरुले चेतावनी पनि दिएका फोरमका मुख्य संयोजक दुर्गा गिरीले निकालेको विज्ञप्तिमा जनाइएको छ ।
संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषद्को १३औ महासभा बैठकमा आफ्ना समस्याको विषयमा लविङ गर्न गएको भुटानी शरणार्थीको तीन सदस्यीय टोली जेनेभाबाट फर्केको छ ।
यसैबीच भुटान एडभोकेसी फोरम युरोप च्याप्टरको सो टोली दुइ दिने लवी सकेर फर्केको छ । उनीहरुले बैठक अघि त्यहाँ भाग लिन आएका धेरै राष्ट्रका प्रतिनिधिलाइ भेटेर भुटानको वास्तविकता बारे जानकरी दिएका थिए ।
भुटानमा हुने गरेको मानव अधिकार हनन र शरणार्थी घर फिर्तीको विषयमा कुरा उठाइएको र राष्ट्र संघीय मानव अधिकार परिषदको जेनेभा कार्यालयमा ज्ञापन पत्र बुझाएको बुझिएको छ ।

गोलधाप शरणार्थी शिविरमा पालिएका पशुपंक्षी एकसाताभित्र हटाइएने भएको छ । साँगुरा छाप्राहरुमा पशुपंक्षी पाल्दा झन साँगुरो हुने, फोहोरमैला व्यवस्थापन गर्न गाह्रो हुने लगायतका कारण पशुपंक्षी हटाइएने भएको हो । हरेक आठ जनाको परिवारलाई आठ मिटर लम्वाई र तीन मिटर चौडाइको क्षेत्रमा छाप्रो बनाएर राखिन्छ । यति साँगुरो ठाउँमा पशुपंक्षी समेत पाल्दा अरुलाई वाधा पुग्ने भन्दै शरणार्थी शिविरभित्र पशुपंक्षी पाल्न रोक लगाइँदै आइएको छ । तैपनि पाल्न नछोडेपछि शरणार्थी शिविर व्यवस्थापन समितिका सचिव पूर्ण बहादुर गुरुङको संयोजकत्वमा आठ सदस्यीय समिति बनाई शिविरमा पशुपंक्षी पाल्न पूर्ण रुपमा रोक लगाइने भएको छ । अस्ती मंगलबार बसेको शिविर व्यवस्थापन समिति, सहायता तथा सरकारी अधिकारीहरुको वैठकले शिविरभित्र शरणार्थीले अनाधिकृत रुपमा पालेका हाँस, कुखुरा, परेवा, वाख्रा, वस्तु जस्ता पशुपंक्षी आउँदो मंगलबारभित्रमा हटाइसक्नु पर्ने निर्णय गरेको छ ।


शरणार्थी वालवालिकाको स्मरण शक्ति बढाउन सातवटै शरणार्थी शिविरका बालवालिकाहरुलाई स्मरण इच्छाशक्ति बढाउने सम्वन्धी तालिम दिइएको छ । पाँच दिनअघि शुरु यो तालिममा सातवटै शिविरका १४ वालकिा सहिज २१ सहभागि थिए । भुटानी शरणार्थी वाल मञ्चले बेलडाँगी एक शरणार्थी शिविरमा गरेको तालिममा मनोक्रान्तिका साधक केदारले स्मरण शक्ति बढाउन अपनाउनु पर्ने काइदाका बारेमा जानकारी दिएका थिए । यसैगरि शनिश्चरेमा शिविरमा तीनदिने नेतृत्व विकास तालिम शुरु भएको छ । वालमञ्चले गरेको तालिममा सातैवटा शिविरमा सात वालिकासहित १४ वालवालिका सहभागि छन् । हिजो शुरु तालिम लुथरन विश्व महासंघ र शरणार्थी सम्वन्धी राष्ट्रसंघीय उच्चायोगको सहयोगमा भएको हो । तालिममा शनिश्चरे शिविर शरणार्थी वालमञ्चका पूर्व सहजकर्ता गोपाल राई स्रोतव्यक्ति हुनुहुन्छ ।

No comments:

Post a Comment