Saturday, March 13, 2010

वेलायतले पनि पुनर्वासमा लैजाने

पूर्वी नेपालमा दुइ दशकदेखि शरण लिइरहेका भुटानीलाई बेलायतले पनि पुनर्वासमा लैजाने भएको छ । स्रोतका अनुसार आगामी साता आउने टोलीले शरणार्थीको अन्तरबार्ता लिनेछ । अन्य देशका लागि फारम भरेर अस्वीकृत गरिएका र शिविरमा जनगणनाका वेला छुटेका शरणार्थी वेलायत जानेमा पर्ने सम्भावना बढि रहेको जनाइएको छ ।

छुटेकाको जनगणना दुइ साताअघि युएनएचसीआर र सरकारको संयुक्त टोलीले गरेको थियो । राष्ट्रसंघीय नियोगका अनुसार झापा र मोरङका सात शिविरका १ लाख ७ हजार मध्ये ८३ हजारले पुनर्वासको इच्छा राखेका छन् ।
(कान्तिपुरबाट)

No comments:

Post a Comment