Friday, March 26, 2010

शिविरमा एस एल सी

तेस्रो मुलुक पुनर्वासको काम धमाधम भइरहेको अवस्थामा झापा र मोरङमा रहेका भुटानी शरणार्थी शिविरमा पनि विहिवारदेखि शुरु भएको एसएलसीमा १३ हजारभन्दा वढि शरणार्थी सहभागी भएका छन् ।
झापाको वेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा मोरङको शनिश्चरे शिविरका परीक्षार्थीलाई समेत सहभागी गराइएको थियो ।
वेलडाँगी एक दुइ र तीनवटै शिविरमा गरि चारवटा परीक्षा केन्द्र स्थापना गरिएको थियो कुरा शरणार्थीको शिक्षामा देखदेखको काम गर्दै आएको संस्था क्यारीतास नेपालका दमकस्थित शिक्षा विभाग प्रमुख लेखनाथ पोख्रेलले जानकारी गराउनु भएको छ । उहाँका अनुसार वेलडाँगीवाहेक झापाको गोलधाप शिविरको गरामनी स्थित जन माविमा, टिमाई शिविरको गडीगाउँ हाइस्कुल शान्तिनगरमा, खुदुनावारी शिविरको जनता मावि शुक्रवारेमा चलिरहेको छ ।
    यस वर्ष १६ हजार २५ जना शरणार्थीले सेन्टअप परीक्षा दिएकामध्ये १३ हजार ८० जना पास भएका थिए । त्यसमध्ये १३ हजार ४४ जनाले एसएलसी परीक्षा लेख्ने फर्म भरेको स्रोतले जानकारी गराएको छ । तेस्रो मुलुक पुनर्स्थापनाको काम शुरु भएपछि हरेक वर्ष शरणार्थीहरुको परीक्षामा सामेल हुनेको संख्या वढ्दै गएको छ । शरणार्थी पुनर्स्थापना कार्य शुरु हुनुअघि सन २००७ मा तीन हजार २ सयभन्दा वढिले परीक्षा दिने गरेको तथ्याङ्कले देखाएको छ । यो संख्या घट्दै गएर यस वर्ष आधाभन्दा कम भएको छ ।
    सन २००८ देखि शरणार्थीलाई अमेरीका, अष्ट्रेलिया, क्यानाडा, नेदरल्याण्ड, नर्वे, न्युजिल्याण्ड र डेनमार्कमा गरि हालसम्म तीस हजारको हाराहारीका शरणार्थी तेस्रो मुलुक पुनस्थापनामा गएका छन् । भर्खरैदेखि युकेमा समेत पुनर्स्थापनाका लागि काम शुरु गरिएको छ ।


No comments:

Post a Comment