Tuesday, March 30, 2010

वादलसहित तीन जना पक्राउ

रिले मार्च सुरु गर्ने तीन जना स्वदेश फिर्ती अभियानमा लागेका भुटानी शरणार्थीहरुलाई सोमवार मोरङको शनिश्चरे शिबिरवाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
शिविरवाट रिले मास टु भुटान अभियानमा निस्कने क्रममा सो अभियानका संयोजक वादल थापा, धन वहादुर रुम्दाली र तारा थापालाई त्यहाँ शिविर सुरक्षार्थ स्थापना गरिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । यसरी नियन्त्रण लिएका शरणार्थी सवै शनिश्चरे शिविरका रहेको स्रोतले जनाएको छ । उनीहरुलाई मार्च रिलेमा निस्कनु अगाडी विहान आठ तीस वजे नियन्त्रणमा लिएको थियो ।


रिलेका संयोजक थापाले दुइ दिनअघि नै प्रेस विज्ञप्ति जारी गर्दै रिले मास शुरु गर्ने जनाउनु भएको थियो । अगामी वैशाख १५ र १६ गते भुटानको राजधानी थिम्पुमा हुने १६ औं सार्क सम्मेलनमा भुटानी शरणार्थीलाई स्वदेश फिर्तीका लागि भुटान सरकारलाई दवाव दिन सवै देशको ध्यान आर्कषण गर्न रिले मार्चपास शुरु गर्ने लक्ष्य रहेको संयोजक थापाले जानकारी गराउनु भएको छ । सन २००७ मा भुटानी शरणार्थीहरुले लङमार्च शुरु गरेका थिए । सो क्रममा काकडभिट्टा स्थित मेची पुलमा मोरङको शनिश्चरे शिविरका सह वहादुर सिवाको भारतिय सुरक्षाकर्मीले चलाएको गोली लागी ज्यान गएको थियो ।

यस पटकको मास रिले मार्चपासमा एक एक जना गरि भुटानको सीमाको फुङ्चोलीङसम्म पुग्ने आन्तरीक योजना रहेको जानकारी संयोजक थापाले गराउनु भएको छ । उक्त रिले मार्चमा कतिजना र कोको रहने विषय गोप्य रहने वताइएको थियो । उक्त अभियानमा झापा र मोरङमा रहेका सातैवटा भुटानी शरणार्थी शिविरका स्वदेश फिर्ती समुहको समेत समर्थन रहेको जनाइएको छ । सो अभियानमा कुनै पनि स्वदेश फिर्ती समुहमा आवाज उठाइरहेका राजनितिक दल तथा अन्य सघ संस्थाले भने औपचारीक रुपमा र्समर्थन गरेको देखिएको छैन ।

सुरक्षाको हिसावले अहिले रिले मार्च गर्न उचित नभएको भन्दै समान्य सोधपुछको लागिमात्र ल्याइएको सुरक्षा स्रोतले जानकारी गराएको छ । भुटान तत्काल शरणार्थीलाई फिराउन इच्छुक नदेखिएकाले युएनएचसिआर तथा आइओएममार्फत तेस्रो मुलुक पुनस्थापना कार्य समेत धमाधम चलिरहेको छ । जस अर्न्तगत हालसम्म लगभग तीस हजार शरणार्थी तेस्रो मुलुक पुनस्थापना भइसकेका छन् ।

No comments:

Post a Comment