Saturday, December 24, 2011

'अब भुटानको पोजिसन परिवर्तन होला’

http://www.ekantipur.com
जेनेभास्थित राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको नेपाल सम्पर्क कार्यालयका प्रमुख स्टेफन ज्याकमेले नेपालमा रहेका भुटानी शरणार्थी समस्या समाधानमा अपनाइएको उपाय, तिब्बती र सहरी शरणार्थी चासो तथा राज्यविहीन नागरिकका पक्षमा कान्तिपुरसँग राखेको धारणा:
शरणार्थीहरूको मिश्रति विवाहले उठाएको समस्या
शरणार्थीसँग भएको मिश्रति विवाहका कारण एक प्रकारको समस्या उब्जिएको छ । कुनै एउटा नेपाली युवकले भुटानी युवती बिहा गरेमा त्यसलाई शरणार्थी हैसियत दिन सक्ने कुरै भएन । उनीहरुको बच्चा पनि स्वभावतः नेपाली हुन्छ । यो एउटा नेपाली नागरिकलाई शरणार्थी मान्यता दिएजस्तो हो । फेरि शरणार्थी आयोग वा नेपाल सरकारले कुनै अवस्थामा पनि एउटा नेपाली व्यक्तिलाई 'शरणार्थी हैसियत' दिन सक्ने कुरै भएन । अन्तर्राष्ट्रिय सीमा छिचोलेर आएको, मानवअधिकार हननको स्थितिमा रहेको व्यक्तिलाई मात्रै शरणार्थी  भन्न सकिनेछ ।

भुटानी शरणार्थी: बिर्सन थालिएको मुद्दा


http://www.ekantipur.com
(0 Votes)
६७ को चैत मसान्तमा नेपाल भ्रमणमा आएका भुटानी प्रधानमन्त्री जिग्मे वाइ थिन्लेले तत्कालीन प्रधानमन्त्री झलनाथ खनालसँगको सिंहदरबार भेटघाटमा भनेका थिए, 'शरणार्थी समस्या समाधानबारे नेपाल-भुटान द्विपक्षीय वार्ता छिट्टै थालिनेछ । वार्ताको तिथि भने कूटनीतिक तवरबाट निर्धारण गरिनेछ ।'




तिनै भुटानी प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल, पुष्पकमल दाहाल, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, तत्कालीन राजा ज्ञानेन्द्रसहित सबै अग्रपंक्तिमा उभिने नेताहरूलाई विगतमा यही वाचा-वचन दोहोर्‍याएका थिए । सन् २००३ डिसेम्बरमा नेपाल-भुटान वार्ताको पन्ध्रौं चरण बिथोलिएपछिको स्थितिमा यस्तै अनेक आशा र आश्वासनमै यी वर्षहरू बितेका छन् । र, भुटानी शरणार्थीहरूमा निराशाबाहेक केही छैन ।
समय धेरै बितेको छैन । दुई महिनाअघि मात्रै कात्तिक अन्तिम साता माल्दिभ्सको अड्डु सहरमा उनै भुटानी प्रधानमन्त्री थिन्लेले नेपालका समकक्षी बाबुराम भट्टराई र परराष्ट्र मन्त्री, कामु सचिवलगायतसँग भेटघाट गरे । र, त्यहाँ पनि 'एउटा गरिबलाई केही दिन्छु भनेर आस देखाएझैं' प्रधानमन्त्री थिन्लेले भनिहाले, 'यही डिसेम्बरभित्रमा शरणार्थी घर फिर्तीबारेमा नेपाल-भुटान वार्ता थालनी हुनेछ ।' यो खबर आसलाग्दो-संकेत बनेर काठमाडौंका पत्रपत्रिकामा पनि छायो । तर यो डिसेम्बर महिनामा अब क्रिसमस-इभ र नयाँ वर्ष २०१२ को तरंग फैलन सुरु भइसक्दा पनि द्विपक्षीय वार्ता र परामर्शको तिथिमिति तय हुन सकेको छैन ।

Sunday, December 18, 2011

Both Jesus and Refugee are immigration-Pastor Jim



On the Eva of 104th Bhutan National Day pastor Jim focus the point of Lord Jesus birth and resettlement of Bhutanese in Minnesota. Jim points his words on birth day of Jesus in Bethlehem and evicted from his wonder full country. After that Jesus ruled under the supervision of god and protects us from suffering and pain.
Meanwhile, Refugee from different nation’s also evicted and past miserable life in Camps. Then after, “Called from the East, The west, the North, and The South.” god united us.” He added “Bring my son from afar and my daughter from the Ends of the earth.”
Likewise, Bhutanese Bethel Church prays for all nations and hopes to be return back soon. Around one hundred Bhutanese people observe the national day of Bhutan along with Birth day of Jesus “Christmas” with wonderful myth songs and dance.
Church honor two pastor Kishor and Jim and Minnesotan Women Naomi Ryman.
BBC pastor kishor Gurung address “Jesus is way and life”. He describe the every years of 17 December as special days of Bhutan and Jesus Birth day “charismas”. American and others nations Disciple observe Charismas on 25th December.





स्वेतपत्र महाकाव्यः एक विवेचना (भाग ०४,)


सिक्किम
सिक्किम पनि हिमाली राज्यको हो । यस राज्यमा लेप्चा, भोटिया, नेपाली, हिन्दू, नेवारीलगायत अन्य जातजातिका संस्कृति र भाषा बोल्ने मानिस बस्छन् । सिक्किमको पश्चिममा नेपाल, पूर्व र उत्तरमा तिब्बत स्वायत्त क्षेत्र, दक्षिण-पूर्वमा भूटान रहेको छ । यसको सत्यतत्थ्य इतिहास भने अनौठो र फरक खाल्को छ । त्यसमध्येः १७ औं शताब्दीअघि धर्मगुरु साब्ड्रुङ नावाङ नाम्गेलले भूटानलाई बौद्ध धर्मक्षेत्र घोषणा गरी विभिन्न भूभागहरुलाई एकीकरण गर्दै जाँदा सिक्किमलाई पनि उत्पत्ति गरी आफैं अनुयायीहरुलाई दर्शन दिएको भन्ने किंवदन्तीहरु छन् ।
भूटानभित्र बौद्ध धर्ममाथि राजनीतिकीकरण हुन थालेपछि गुरु पद्मसम्भव (गुरु रिम्पोचे)-ले सिक्किमलाई पनि बौद्धधर्म क्षेत्रको रूपमा शासन गर्न जुटेपछि सिमाना क्षेत्रको विषयमा ठूलो युद्ध लड्नु परेको थियो । भूटानले सिक्किमलाई आफ्नो राज्य भनिरहेको बेला, १९५० अघि नेपाल र बिट्रिश राज्यबीच भएको युद्धले भयभित भई बसेको सिक्किमको  मुक्ति अभियानमा महात्मा गान्धी, जवाहरलाल नेहरुहरूले साथ दिएपछिमात्र स्वत्रन्त्र राज्यको रुपमा विकसित भएको हो सिक्किम ।
धेरै वर्षसम्म कैयौं युद्धका वाब्जुद पनि ब्रिटिससँग गोर्खाली योद्धाहरुको सुगौली सन्धि हस्ताक्षर प्रकरण १९५०मा सिक्किम र भारतबीच भएका संझौताहरुले आजपर्यन्त द्वन्द जारी छ भन्नमा अतिशयोक्ति नहोला । ब्रिटिशको उपनिवेशवादी नीतिसँग नेपालले वर्षौं लड्नु पर्यो भने, सिक्किमले कति बर्ष भारतसित लड्पर्ने हो भविष्यले बताउला । जबरजस्त आज सिक्किम भारतमा विलय भएर भारतीय विस्तारवादको पञ्जामा परी, करकापको भरमा सञ्चालन भइरहेको छ । भारतसँग विभिन्न सन्धि हस्ताक्षर भएपछि १९७५ मा भारतले असंवैधानिक तरिकाले सिक्किमको अस्मितामा धावा बोलेर नाम्ग्याल राजसंस्थालाई घुँडा टेकाइ २२ औं प्रदेश बनाई भारतीय गणराज्यमा गाभेको छ । भारतले विस्तारवादको नीति फैलाएपछि सिक्किमका र्गोखाली जातीलाई आफ्नो अस्तित्वमा नरहेको भान भयो र नेपालीभाषी गोर्खलीका संसदीय प्रतिनिधिले धेरैपटक आवाज बुलन्द गरी सिक्किममा आन्दोलन गर्ने प्रयत्न पनि गरे । कवि दाहालको महाकाव्य यी साराको कुराको खुलासा गर्न अघि सरेको छ ।
स्वेतपत्रको मूल भावअनुसार नरबहादुर भण्डारीदेखि पवनकुमार चाम्लिङसम्मका मन्त्रीहरु आजसम्म र्गोखालीहरुको स्वभिमान र वीरतालाई उच्च राख्न संघर्षरत छन् । त्यस्तै, दार्जीलिङका गोर्खाली नेता सुवाष घिसिङले नेपालका राजासमक्ष सिक्किमका गोर्खलीहरु नेपालका हुन् भनी निवेदन गरेका थिए । भारतले विभिन्नपटक सिक्किममा बुट बजारेपछि सिक्किम आज पीडादायी रूपमा भारतको स्वतन्त्रतादिवस मनाउन विवश छ । सिक्किम, नेपाल, भूटानले असमान सन्धिका कारण आफ्नो स्वाभिमानमाथि पटक पटक विस्तारवादसँग सम्झौतारूपी नाटक मञ्चनलाई विवश भएर अंगिराप गर्दै देशलाई आगोको मुश्लोमा होमेर जनतालाई ताप्न बाध्य गराएको वेदना हरेकले व्यहोर्नु परे तापनि सिक्किम आमाका कथनका रुपमा स्वेतपत्र महाकाव्यमा कवि दाहाल लेख्नुहुन्छः-

स्वेतपत्र महाकाव्यः एक विवेचना (भाग ३ )


स्वेतपत्रको भावभित्र नेपाल
हिमाल, पाहाड, तराईमा चारजात छत्तिस वर्णका रंगीन फूलहरु फुल्ने सुन्दर शान्त देश हो नेपाल । नेपाली चेली चीनमा भृकुटी तारा झैं चम्किइन्, जीवन र जगतको लड़ाइँमा भगवान गौत्तम बुद्ध, राम-लिलामा शालीन सीता हुँदै पौरणिककालका महान व्यक्तिहरुको जन्म भइसकेको पुण्यभूमि हो नेपाल । त्यस्तै गौरवशाली राजा, गोर्खालीहरुको स्वाभीमानलाई उच्च राख्नका लागि लिच्छवीकालदेखि लिएर ५२ वटा राज्यलाई पुनर्एकीकरणको अभियानमा साहसी भएर जनताको भावनालाई कदर गरी साहस बटुली गोरखाका राजा भई बाइसे र चौबीसे राज्यलाई एकीकृत गर्दै किराँती राजाहरु जो संघीय प्रान्तहरुको नेतृत्व गरिरहेका थिए-तिनीहरुसँग गरिएका विभिन्न सन्धिपश्चात विजयको शुरुवत १७९९ वि.संदेखि नुवाकोट, मकवानपुर, कीर्तिपुर, कान्तिपुर, ललितपुरलाई १८२६ सम्म एकीकरण गर्ने राजा पृथ्वी नारायण शाह हुन् ।
एकीकरणको क्रमलाई निरन्तरता दिँदै वि.सं १८३०–३१सम्म पूर्वको चौदण्डी, विजयपुरलाई मेचीसम्म एकीकरण गरी प्रतापसिंह शाहले चितवनलाई नेपाल बनाएपछि रणबहादुर शाहलाई नेपालको राजा घोषणा गरी गद्दी सुम्पिए तापनि बडारानी राजेन्द्रलक्ष्मी शाहले राज्य सम्हालिन् र फेरि उनकै अर्का पुत्र बहादुर शाहले विं.सं १८३४ देखि निरन्तर १८२४ सम्म बाइसे राज्यको एकीकरण गरी पूर्वको भूभाग जिती सिक्किमको टिस्टासम्म पुर्याएको नेपालको इतिहास स्वेतपत्रले उल्लेख गरेकै छ ।
‘सिरमौर म सम्झन्छु गोर्खाल्यान्ड झनै अझ
मबाट दूर पार्नाले टुहुराझैँ भए सब
हरिद्वार र अल्मोडा, कुमाउ, देहरादून
गंगा र जमुना सम्झी काट्तै छु तड्पँदै दिन’- (सर्ग दशः २९)

Monday, December 12, 2011

भूटान नेपाल शरणार्थी समस्या समाधान गर


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका उप-प्रधान तथा परराष्टमन्त्री नारायण काजी श्रेष्ठसमक्ष भुटान पिपल्स पार्टीले  एक ज्ञापनपत्र बुझाएको छ । आज उक्त पार्टीका अध्यक्ष बलराम पौडेलद्वारा सिंह दरवारस्थित परराष्ट मन्त्रालयमा वहाँसित भेटवार्ता गरी चार बुँदे मागसहितको अपिल चठाएका हुन् ।
विज्ञापिप्तमा उन्लेख गरिएको छ कि नेपालका प्रधानमन्त्री र भुटानका प्रधानमन्त्रीबिच गत महिना माल्दिभ्समा सम्मन्न दक्षिण एसियाली सहयोग संगठन-सार्क)को सत्रौं शिखर सम्मेलनमा भएको अनौपचारिक वार्तापछि नेपाल सरकारले द्विपक्षीय वार्ताकोलागि भुटानी सरकारलाई पत्र चठाएपछि शरणार्थीहरुमा स्वदेश फिर्ने खुसी छाएको छ । त्यसै खुसीमा पैडेलले द्विपक्षीय वार्ताले मात्र शरणार्थीहरुको स्वदेश फिर्ती अभियान सफल नहुने किन्तु त्यसमा छिमेकी भारतको पनि सहभागिता हुनुपर्नेमा पौडेलले जिकिर गरेका छन् । “भूटानको परराष्ट्र नीति, सुरक्षा र विकासमा समेत महत्वपूर्ण भूमिका खेल्दैआएको र शरणार्थी समस्याबारे सुरूदेखि नै मौन रहने गरेको  छिमेकी मुलुक भारतको सहभागिता बिना यस मुद्दाले निकासा नपाउने विगतका घटनाक्रमले पनि स्पष्ट निर्देशित गरिसकेको छ “, अपिलमा भनिएको छ | 

Sunday, December 11, 2011

स्वेतपत्र महाकाव्यः एक विवेचना (भाग २)


विषय प्रवेषः
पहिलो कविता संग्रह श्रद्धाञ्जली (२०५४), दोश्रो हार्वर्डको चौतारीमा (२०६३), रश्मि (खण्डकाव्यः २०५६), योद्धा (काव्यः  २०६०) पछि प्रस्तुत स्वेतपत्र (महाकाव्यः २०६७) गरी पाँचौं कृति महाकाव्यका रुपमा पस्किनु हुने खेमनाथ दाहाल–विं.सं २००९, तेह्रथुम, (लाब्री) मा पिता स्व.पं.ज्यो सोमनाथ र माता जानुकादेवी दाहाल कोखबाट जन्मनु भएको रहेछ ।
आफूमा चेतना आएदेखि नै देशको माटोमा अन्याय, अत्याचार, कुसंस्कार, भेदभाव आदिमा आफ्नो स्वतन्त्र अभियानको कलात्मक प्रस्तुती प्रष्टरूपमा खुलेर गर्ने कविको सबल पक्ष र चरित्र हो । कविका कलमबाट जन्मलाई निम्नप्रकार प्रस्तुत गरिएको छ ।
‘जन्मनै नदिऔं हामी नवलेण्डुप कोखमा
नदिऔं छिर्न द्रोहीको आत्मा स्वच्छ हिमालमा
फुकौं बिगुल हामी लौ स्वत्वमाथि चियाउने
दुष्ट पापीहरुलाई छिया–छिया बनाउने’ (पृष्ठ २३४- २६ )
जन्मको अर्को जिम्मेवारी पक्ष देश निमार्णमा घातप्रतिघात गर्ने द्रोहीलाई र्वतमानमा निर्मित स्वाभिमान र स्वतन्त्रताको बिगुल फुकी कोखभित्रै सूलीमा चठाउनुपर्छ महान् आमाले । आमाको स्याहार-सुशार,लालनपोषण, भेष-भाषा एक हुन्छ । मानवीय प्रवृत्तिलाई दुष्ट-पापी योजनामा परिर्वतन गर्ने सन्तानको घिनलाग्दो खेलले आज देश र दूरदेशमा रहेका नेपालीहरुको योजना, लक्ष, अनुसाशनलाई अन्धकारमय बनाइदिएको छ । त्यहि अन्धकारमय जीवनमा आफ्नो सुनिश्चित भविष्य खोज्न कवि नौलो क्रान्तिको “स्वेतपत्र” मार्फत खुला मैदानमा गाउँ, शहर र हिमाली राज्यबाट जनतालाई सशक्त रूपमा बुलन्द आवाज निकाल्न आह्वान गर्नुहुन्छ ।
‘मशाल जब सल्कन्छ झन्डा बोकेर स्वत्वको
कदापि रोक्न सक्तैन शक्तिले पनि दैवको
जनता शक्ति हो मान प्रलय छालको सरि
जस्तै शक्तिहरु ढल्छन् वशमा त्यसको परी’-(सर्ग एक – ३५)
देशमा विभिन्न नाउँमा जबर्जस्त लुटपाट, हिमाली दिदी-बहिनीहरुमाथि चरम यातना भएको बेला कवि शासकलाई वा राजाहरुलाई “स्वेतपत्र” मार्फत हरेक सन्धिको खारेजी, त्यसमा दशगजाको संरक्षणमा अहोरात्र लाग्नुपर्ने, पौराणिक कथालाई उपमाको रूपमा प्रस्तुत गर्दै, निरन्तर जीवित राखेमा जनताले ग्रन्थमा गीत गाउने देश र जनतामाथि विश्वाश नगरेमा अस्तित्व लोप भइजानेमा औलो उठाउनु हुन्छ । हिमाली राज्यबाट विभेदकारी नीतिबाट सर्वश्व गुमाई विस्थापित भएका माईली (सिक्किम) र कान्छी (भूटान) बहिनीहरुप्रति आफ्नो भयभित घटना लुकाउँदै शान्त र शालीन हुँदै ठुली दिदी (नेपाल) भन्नुहुन्छ देश र दुरदेशबीच भएका सन्धिका कथा ।
‘हाम्रो हो एउटै मूल हाम्रा बाबु हिमालय’

स्वेतपत्र महाकाव्यः एक विवेचना (भाग १)


मिनिसोटा, अमेरिका
दक्षिण एशियाली राजनीतिलाई मात्र मूल विषयवस्तु बनाएर काव्यिक छटा निर्माण गर्ने नेपाली साहित्यकारहरूमध्ये यस पंक्तिकारलाई ज्ञान भएसम्म ‘स्वेतपत्र’ महाकाव्यका स्रष्टा खेमनाथ दाहाल नै सम्भवतः प्रथम हुनुपर्छ । स्वेतपत्र महाकाव्यका विभिन्न अंशहरूमा समेटिएको कवि दाहालको मूल भावना अनुसार इतिहास कदापि मर्दैन, बरु युगौं युगपर्यन्त ज्ञान र प्रेरणाको श्रोत भएर परिवर्तनको संवाहक भइरहन्छ । अतीतलाई वर्तमानसँग तादात्म्य गराउँदछ र पुनः दोहोरयाउँदछ समाजलाई अग्रगमनतर्फ र लोकप्रिय भएर हङ्गामा मचाइरहन्छ पटकपटक । राष्ट्र, राष्ट्रियता र आफ्नो स्वभिमानको खोजीमा लड़ेका, मरेका ज्ञात-अज्ञात शहीद पुर्खाहरुका पौरखी पद-चिन्हहरुलाई, सदा सर्वदा पछ्याउँदछ नयाँ पुस्ताले र विशाल धर्तीलाई इतिहासको पुस्तकका रूपमा अध्ययन गरी परिवर्तनशील पाइला चाल्छ कतै क्रान्तिका रुपमा र कतै महान् परिवर्तनका रुपमा जसको फलस्वरुप ढल्दछन् साम्राज्यवादीका साम्राज्यहरु र सामन्तवादीका महलहरु ! हालै प्रकाशित ‘स्वेत पत्र’ नामक महाकाव्यका सर्जक खेमनाथ दाहालको भनाइ हो यो । महाकाव्यकार वा कवि दाहालका अनुसार हुन त इतिहासभित्र पनि देखाउने र चबाउने हात्तीका दाँतझैं दुईटा पक्षहरु हुन्छन् एउटै कथाभित्र ।
स्वेतपत्रमार्फत कवि दाहालको विचार प्रस्फुटन भएको छः-राज्य एकीकरणको बेला नेपालले टिस्टादेखि कांगड़ासम्म आर्जेको, सिक्किमले दार्जीलिङदेखि पूर्णियासम्म आर्जेको भूभागलाई ब्रिटिश साम्राज्यवादले मेची-महाकालीभित्र संकुचन गरी नेपाललाई अपांग बनाई अझ पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँ-ठाउँमा शक्तिको आडमा दशगजा कायम गरेर साम्राज्यवादको नांगो नाच देखाउँदै अन्ततः भारतीय विस्तारवादको पोल्टोमा बुझाएको कटु यथार्थता छ भने भूटानले सिमाना मिचाउँदै कहिले भारत त कहिले चिनलाई अनि कहिले बंगलादेशसित विभिन्न दस्तावेजमा हस्ताक्षर गरी आफू दासताको सुलिमा रहँदै अरुलाई विकासमा पु¥याएको र हुँदाहुँदा सिक्किमले अस्मितासमेत बली चढ़ाउनु परेको इतिहासलाई भावी पिढ़ीले अवश्य मनन् गर्नेछ र शक्ति सञ्चय गर्ने छ आफ्नो मुक्तिका लागि भन्ने अपेक्षा गर्नु अवश्य नै अपराध नहोला ।
महाकाव्यमार्फत कवि दाहाल भन्नुहुन्छः-

Saturday, December 10, 2011

The Way to United

arjunjourno@gmail.com
Bhutan is landlocked country in south Asia. It is ruled by king Jigme Singye Wangchuck. Before the 1900's to until today,there is a great conflict on religious believe, Democracy, and about the ethnic cleansing.
The history of king wangchuck won the all supreme power by using diplomatic policies to military leaderShabdrung Ngawang Namgyal, who fled religious persecution in Tibet and cultivated a separate Bhutanese identity. On the period of shabdrung Ngawang Namgyal had made the agreement paper with Nepalese king Ram Sha on 1624 B.S. For 16 more people with full of talent of construction like temple styles, construct the building, Road, and Big-Big Palaces and give the name and fame as Bhutan.