Saturday, October 23, 2010

डेनमार्कमा नेपाली भाषी भूटानीहरु संगठित

पूर्वी नेपालको सातवटा शरणार्थी शिविरबाट डेनमार्कको विभिन्न राज्यमा पुनर्वाश भएका नेपाली भाषी भुटानीले अक्टोबर २३ का दिन नेपाली भाषी भूटानीहरुको संस्था ”द एसोसिएसन अफ नेपाली स्पिकिङ भुटानी इन डेनमार्क “The Association of Nepali Speaking Bhutanese in Denmark (ANSBD) को स्थापना गरेका छन् ।

नेपाली भाषा, संस्कृति, रितीरिवाज र डेनमाकमा पुनर्वाश हुने नयाँ भुटानी भाषीको संरक्षण र सहयताका लागि नेपाली भाषी भुटानीले डेनमार्क (ANSBD) स्थापन गरेको एसोसिएनका नामबाट प्रेसित विज्ञप्तिमा उल्लेख छ ।

डेनमार्कको मिडलफाटमा २८ जना भुटानी प्रतिनिधि र तीन जना डेनीस प्रतिनिधि बिच औपचारिक छलफल बसेपछि बैठकले पूर्ण बाहादुर दाहाल अध्यक्ष, सहअध्यक्षमा कमल कोइराला, कोषाध्यक्षमा लाल बाहादुर विष्ट, प्रमुख संयोजक थुप्तेन दोर्जी डुक्पा आदि गरि १३ जनालाई केन्दीय सदस्यतामा चहयान गरेको छ ।

यसविच, चार जना भुटानी कुल चन्द्र, टिका माया तिवारी, लोक नाथ गुरुङ्ग लगायत दल बाहादुर र्राईलाई क्षेत्रीय सदस्यमा चयन गरिएको छ ।

उक्त सस्थाले नेपाली भाषी भुटानीलाई परि आएको अप्ठारोलाई सजिलो बाटो देखाउने र भुटानी संस्कृति र नेपाली लीपिको जगेर्ना गर्ने, सामाजिक कार्यमा भुटानी पहिचान देखाउने उद्देश्य लिएको हुनाले शरणार्थी शिविरमा अहोरात्र शरणार्थी दाजु भाइ तथा दिदिबाहिनीको सहयोगमा लागि परेका पाँच जना अर्जुन घताने, चम्फा र्राई, विष्णु अधिकारी भोला अधिकारी लगायत विर्खा बहादुर भण्डारीलाई सल्लाकार समितिमा राखेको संस्थाका संयोजक थुप्तेन दोर्जी डुक्पाले नेपाली पोष्टलाई जानकारी दिनुभयो ।
डेनमार्कमा नेपाली भाषी भूटानीहरु संगठित 

No comments:

Post a Comment