Sunday, October 24, 2010

भुटानी नेपालीहरुले पेन्सिलभानियमा मनाए दशैं

"म सुखी मात्र होइन आश्चर्यचकित पनि भएको छु, जहाँ हरेक नेपाली गीत संगितमा देशी तथा विदेशी पनि रमाएको देखेर ।"

आइतबार अक्टोबर २३ को साँझ हुहिलीयाम पिट हुइन्न् हल अन्तर्गत युनिभरसिटी अफ पिट्सवर्गको पेन्सलभानिमा भुटानी कलाकार सघं (जरजिया)का अध्यक्ष राम गुरुङले दशैंको अन्तिम दिनको दिन हर्षोउल्लासका साथ मनाएको दशैं साँझका अवसरमा रंगीन स्वर थपि दिएका थिए ।
नेपाली पोष्टका लागि अर्जुन प्रधान पेन्सिलभानियामा रहेका नेपाली भाषी भुटानीहरुले मनाएको दशैंकाबारेमा पठाएको समाचारमा लेख्छन्,

भुटानी कलाकार र नेपाली कलाकारहरुले आयोजन गरेका दशैं तथा तिहार विशेष कार्यक्रमा अमेरिकाको पेन्सलभेनिया अन्तर्गत विभिन्न राज्यमा पुर्नवास भएका भुटानी कलाकारले आगामी दिनमा भुटानी कलाकारको पहिचान शिविरको भन्दा स्वतन्त्रता र अमेरिकामा आफ्नै बेग्लै पहिचान स्थापन गरिने खालका गीत संगित तथा नृत्य प्रस्तुत गरेर स्थानीय भुटानी-नेपाली लगायत अमेरिकनहरुलाई गएको दशैं र आउँदो तिहारको रमझम दिएका थिए ।

भुटानी कलाकार सघं (जर्जिया)का २७ सदस्यले विभिन्न राष्ट्रका भुटानी, नेपाली, भियत्नामिज्, बर्मेली लगायत अमेरिकन नागरिक जसमा छ सय भन्दा बढीलाई पूर्णिमाको रातमा लाइभ कार्यक्रम देखाए खुशी राखेका थिए । दर्शकको मायाले गर्दा भुटानी कलाकार किशोर शिवाकोटी, हिरा रसाइली, सुदेश थुलुङ, महेन्द्र दाहाल, शिवा मेपचन, लगायत प्रताभ मगरले विभिन्न आधुनिक तथा लोक गीत प्रस्तुत गरेर मन रुजाइ दिए पछि शिवाकोटीलाई नेपाली-भुटानी दर्शकले रिमिस गीत "यो नेपाली शिर उचाली" भोलको गीत गाउन अनुरोध गरेको आयोजक समुहका बलराम गुरुङले बताउनु भएको छ ।

"शरणार्थी शिविरमा कष्टकार जीवन विताएर, धेरै कष्टका साथ सिकेको संगितका स्वारहरु धेरै ठुलो जमातमा प्रस्तुत गर्न पाउँदा भुटानी कलाकारले गीत संगितबाट भुटानी इतिहासमा विजय भएको शंज्ञा दिएका छौ ।" भन्छन् भुटानी गायक तथा संगितकार किशेर शिवाकोटीले उक्त अवसमा बताए ।

कार्यक्रमको शुरुदेखि अन्त्यसम्म मिठो भाकामा बाध्यबाधनबाट गीत संगितको स्वर बाडेर दर्शकलाई नचाउने कलाकारहरु विकाश थुलुङ, विर्ख गुरागाई, रत्न गुरुङ्ग, भिम मगर, राम गुरुङ्ग आदि रहेका थिए ।

कार्यक्रमको रंगिचंगि रैनक बीच भुटानी कलाकार सघंले आफ्नै मनका कुरा अनि भुटानी पहिचानका कुरालाई गीत संगितबाट विश्व सामु अनलाइन मार्फत बहस गने उद्देश्यले www.bhutaneseartists.com  को औपाचारिक रुपमा स्थानीय युनिभससिटीका अधिकारीक प्रोफेसर जेम्स जोशी (पीएचडी) ले उदघाटन गर्नु भएको थियो ।
भुटानी युवा कलाकारहरुको जोश र तातो जागरका ध्वानी बाट मिठो गीत संगीत जसमा भुटानी कला, साहित्य र रितिरिवाजको संरक्षण विश्व जगतबाट पनि गर्न सकिन्छ भन्ने उद्देश्यले साइटको विमोचन गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।


No comments:

Post a Comment