Wednesday, October 6, 2010

सडक दुर्घटना ( Breaking)

 अमेरिकाको मिनीसोटामा पुनर्वास भएकी २९ बर्षीया राधिका अधिकारी स्थानीय समय अनुसार मगलबार विहान ८ बजेतिर काममा जाँदै गर्दा मिनीसोटा राज्यको Saint Paul सिटीको युनिभर्सिटी एभेन्यूको व्यस्त सडक काट्ने क्रममा कारले ठक्कर दिँदा सिकिस्त घाइते भएकी हुन् । 



अचेत अवस्थामा अस्पताल लगिएकी उनको ढाड र कम्मरमा गहिरो चोट लाग्नुका साथै हड्डी समेत भाँचिएको चिकित्सकलाई उदृत गर्दै घाइतेका भाइ शिव हुमागाईंले टेलिफोनमा जानकारी दिए । उनका अनुसार आजै सर्जरीमार्फत हड्डी भाँचिएको ठाउँमा स्टील राखिने अस्पताल सुत्रले जानकारी दिएको छ ।
घाइते अधिकारी आफ्ना श्रीमान् भीम अधिकारी र दुइ छोराका साथमा भुटानी शरणार्थी शिविर टिमाईको सेक्टर डि/५, छाप्रा नं.५२ बाट सन् २००९ को डिसेम्वरमा अमेरिकाको मिनीसोटामा पुनवास भएकी थिइन् |


No comments:

Post a Comment