Monday, October 11, 2010

गजल

देश नहुने जनताको दशैँ कस्तो नाम हो
हर्षोल्लास हुन्छ मनमा पीडा कस्तो काम हो

सबै रमाउने, नयाँ नाना लगाई आर्शिवाद लिने
धन हुनेका लागि हर्ष, गरिबलाई कस्तो जाम हो

सबैले रीस पोखाई भय फैलाउने हाम्रो शिविर
भयभित बनाई  हिंसा  फैलाई  दिने कस्तो घाम हो

धन नहुनेको मन हुन्छ त्यसमा माटो बाटो मिल्छ
विश्व चकित हुन्छ एक दिन त्यसमा कस्तो दाम हो


हत्या हिंसा अनि पीडालाई बटुलेर शक्ति मिल्छ
सबैलाई मिलाएर दशैं मनाउँछै कस्तो राम हो

गजल-८४

No comments:

Post a Comment