संयुक्तराज्य अमेरिका - अर्जुन प्रधान
प्रकाशनको मिति १५ अक्टोबर २०१० २१:११ बजे | ० वटा प्रतिक्रिया 
सन् १९९०, मा देश निकाला परेकी ६८ वर्षीया धनमाया आफ्नो जन्मभूमी भुटानका बारेमा आफ्नी छोरीसँग फोन वार्ता गर्दै ।
थप छायाँहरू »ह.. लो
हलो आमा
के छ छोरी ?
आ....मा कन्तविजोग छ । सरकारले सबै घर जग्गा निलाम गरी सुकुम्वासी बनाएर राख्य छ देशमा.....।
निकैबेर संवाद अड्किएपछि सुक-सुक गरेको आवाजमा छोरीको देशप्रति करुणभाव विस्तारै पोखिदै थियो । यसमानेमा की सरकारले नेपाली भाषी भुटानीमाथि गरेको अन्याय अत्यचारको विरुद्धमा । अस्वभाविक लाग्न सक्छ पढ्नेलाई तर स्वभाविक त्यसमा पनि निकै फरक खालको वार्ता, दुइ देश विच टेलिफोनमा -जहाँ राष्ट्र खुशीयाली भएको भुटान र प्रजातन्त्रले भरिपूर्ण भएको संयुक्त राज्य अमेरिका बिच भइरहेको थियो मंगलबार राती २८ सेम्टेम्बर २०१० को ८ बजेतिर ।
सन् १९९० बाट देश निकालामा परेकी ६८ वर्षीया धनमाया आफ्नो जन्मभूमी भुटानका बारेमा आफ्नी छोरीसँग फोन वार्ता गर्दै हुनुहुन्थ्यो । छोरीलाई आत्माबल दिदै धनमाया हिमाल-पहाड, खोला नाला अनि सरकारले घोषण गरेको राष्ट्रिय खुशियालीको विभेदकारी नीतिको नियम बुझ्दै हुनुहुन्छ । आ.मा... छोरीका कुरालाई काट्दै सान्तवान स्वरुप भन्छिन् यताबाट छोरी... नेपालीभाषी भुटानी जनताले रगत बगाएका छन् त्यो भुटानमा त्यसैले जस्तै अप्ठारो स्थिति आइपरेपनि तिमीहरु त्यहाँबाट निस्कनु हुन्न अब ।”
उताबाट छोरी भन्छिन्, आमा तपाइँहरुले राती घर छाडेर गएपछि केही दिनपछि सरकारी सेनाले घर जग्गा सबै अरुहरुलाई बाडिदियो । हाम्रो घरमा भएको गाइबस्तु अनि धनसम्पति सबै सरकारले लिलाम गर्यो भने घरमा पालेको भोटे कुकुरलाई त आमा सिधै गोली हानेर खेतको आलीमा गाडी दिएको छ ।
जनताहरुलाई चरम यातना दिएर देशबाट निकालन गरि बस्तुभाउको पनि रगत खान पछि परेन छ । कस्तो निरंकुश सरकार ? कति दिनसम्म टिक्छ यो निरंकुश शक्ति जिग्मे परिवारमा ? अबको युगमा शक्तिशाली धर्मराज साब्डुङ नावा नाम्गेललाई र जनतालाई दुःख दिएको जस्तो हुँदैन् । हिजो शक्ति परिवर्तन हुन भने बाह्र बर्ष लाग्थियो तर, अब शक्ति परिवर्तन हुनका लागि बाह्र दिनमै हुन्छ छोरी डर नमान् ।