Sunday, May 22, 2011

गीत


सपनी कोरेर जीवन जलाइदियौ
रङ्गहरुमा वियोग मिसाइदियौ
मलाई मेटाउन देउ आधा-आधा गरी
नशामा जवानी चढेको हरेक रागमा
सरगम मिल्छ सिमसिमे रातमा
पल्टाइमा पूरै जीवन पल्टाइदियौ
रङ्गहरुमा वियोग मिसाइदियौ
मुटु दिएर खाली भएको साथमा
सिरानीको अर्को नौलो बातमा
चुइएछ आँशु मनको बेग बड्दा
आँखामा अर्कै सपनी कुराइदियौ
रङ्गहरुमा वियोग मिसाइदियौ
सपनी कोरेर जीवन जलाइदियौ
रङ्गहरुमा वियोग मिसाइदियौ

1 comment: