Monday, November 22, 2010

तीन रुवाइ


अर्जुन प्रधान 
http://bhutaneseliterature.com
जवानीलाई लुटी-लुटी दिउँसै मात गर्यौ
फगत माया लुटी ल्ग्यौ जीवन घात गयौ
क-कसलाई नि, कतिखेर के के हुन्छ भन्दै
भावनामा डुबाएर रस-प्यासको बात गर्यौ !

मेरो देश भन्दा खेरी मेची पुलमा लाम थियो
माटो, बाटो माग्दै जाँदा सिमानामा जाम थियो
हाम्रो देश, प्यारो देश जय भूटान भन्दा भन्दै
आखिरमा प्यासी नजर घुमाउँदा अकाशमा घाम थियो ।
किन टाढा बन्छौ जूनभन्दा पनि
आखिर नाता नै त हो खूनभन्दा पनि
छँदै छैन, हुँदै होइन, त्यस्तो अरु केही
सब मनै त हो, ठुलो आखिर सूनभन्दा पनि !
please view http://bhutaneseliterature.com

No comments:

Post a Comment