Sunday, November 7, 2010

भूटानी नेपाली भाषीले मनाए भाइटीका

मिनीसोटा राज्यमा रहेका भूटानी नेपाली भाषीहरु देउसी भैलीको रमाइलो गर्दै ।
अमेरिकाका विभिन्न राज्यमा छरिएका नेपाली भाषी भुटानीहरुले तीन दिनसम्म देउसी भैली खेल्दै भाइटीका लगाएर तिहार मनाएका छन् ।
यसैक्रममा मिनिसोटा राज्यमा रहेका नेपाली भाषी भुटानीहरुले वरपर रहेका आ-आफ्ना चेलीबेटीसमक्ष भाइटीका लगाए ।
भाइटीकाका दिन मिनिसोटामा रहेका भुटानी समाजसेवी डाक्टर छवि शर्मा , परमानन्द खतिवडा, कलाकार गोविन्द ढुङ्गाना ,पत्रकार अर्जुन प्रधान, मंगला शर्मा, तिलक पकुवाल लगायतले पुर्नवाश भएका माइतीहरुले शुख, शान्ति र संमुद्धिको कामना गर्दै स्वतन्त्रताको
देउशीबाट शुभकामनाको तिहार मनाए ।
यसैगरी कोलोराडो, न्युहृयामसायर, बाल्टिमोर, डीसी लगायतका अन्य क्षेत्रमा रहेका नेपाली भाषी भूटानीहरुले पनि तिहार रमाइलो गर्दै मनाएका छन् ।
यसैबिच, भुटानीहरुको स्वतन्त्रता आवाज भुटान मिडिया सोसाइटीले पनि आफ्नो रेडियोhttp://www.radiobhutanonline.com बाट देउशी भैली खेली नेपाली भाषी भुटानीको पराम्परालाई संरक्षण गर्दै विभिन्न लयमा तयार परेको संगिनी देउशी गीतमा भुटानीहरुले आफ्नो संस्कृतिलाई जिबन्त राखेको जानकारी मिनिसोटाबाट नेपाली पोष्टका लागि अर्जुन प्रधानले जानकारी गराएका छन् ।

1 comment:

  1. United we stand divided we fall ..good job keep it up...

    ReplyDelete