Tuesday, June 29, 2010

FROM THE HORSE MOUTH

भुटानी मानवाधिकारवादी संगठन (ह्युरोव) का अध्यक्ष एस वी सुव्वाले भुटानमा अहिले भइरहेको जनगणनाको बारेमा एउटा विश्लेषणात्मक लेख लेखेका छन् । अंग्रेजी भाषामा लेखिएको उक्त लेख जस्ताको तस्तै




                                    FROM THE HORSE MOUTH

Saturday, June 26, 2010

लागू औषध प्रयोगमा शरणार्थी किशोर बढे

डिकेश लामा
“नतानुन्जेल चाँही केटाहरु हान्ने गोरु जस्तो गर्छन हरे, त्यो स्वाँक्क सुँघेपछि चाँही तनक्क तन्किन्छन् रे । अनि त यता पल्टायो पल्टिने उता पल्टायो पल्टिने, खै के भाका अहिलेका केटाहरु ।”


यो संवादका हरफहरु भूटानी शरणार्थी शिविर बेलडाँगीको काउन्सिल बोर्डमा रहेका काउन्सिलर डिल्लिराम घोर्साइंको हो । केहीदिन अघिमात्र शिविरमा बढ्दै गएको नशाजन्य लागु पदार्थको विषयमा छलफल हुँदा जिम्मेवारी शिविर रेखदेख समितिका पदाधिकारीहरु बसेर छलफल गरिएको थियो ।

Wednesday, June 23, 2010

गोलधाप शिविर जोखिममा

दुइतिरवाट खोला पसेपछि गोलधाप भुटानी शरणार्थी शिविरमा हाहाकार मच्चिएको छ । दायाँ रहेको देउनिया खोलो र बायाँ रहेको वैतर्णी खोलोको बाढी शिविरभित्र पसेपछि अहिलेसम्म करिव ६५ प्रतिशत छाप्राभित्र पानी पसेको छ ।


बाढिको पानीले शरणार्थीका चामल, व्रिकेट, लुगाकपडा, महत्वपूर्ण कागजपत्र आदि जस्ता अत्यावश्यकीय वस्तु भिजाएर पनि शरणार्थीहरुमा थप संकट थपिएको छ ।

Sunday, June 20, 2010

उनीहरूले मेरो घर खोसेपनि मेरो भविष्य खोस्न सक्दैनन् ।

विद्यापति मिश्र
आज विश्व शरणार्थी दिवस २०१० । हरेक वर्ष जुन २० लाई संसारभरका शरणार्थीहरुलाई सम्झेर विश्व शरणार्थी दिवस मनाउने गरिन्छ । राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्त (यूएनएचसीआर) को तथ्याङ्कअनुसार विश्वभरी १ करोड २० लाख मानिसहरु शरणार्थीको जीवन जिउन विवश छन् । यसका अलावा २ करोड ५० लाख मानिसहरु आन्तरिक विस्थापितको रुपमा आफ्नो देशभित्रै शिविर र आवश्यक पूर्वाधार नभएका क्षेत्रहरुमा दयनीय जीवन निर्वाह गर्न बाध्य छन् ।