Wednesday, June 23, 2010

गोलधाप शिविर जोखिममा

दुइतिरवाट खोला पसेपछि गोलधाप भुटानी शरणार्थी शिविरमा हाहाकार मच्चिएको छ । दायाँ रहेको देउनिया खोलो र बायाँ रहेको वैतर्णी खोलोको बाढी शिविरभित्र पसेपछि अहिलेसम्म करिव ६५ प्रतिशत छाप्राभित्र पानी पसेको छ ।


बाढिको पानीले शरणार्थीका चामल, व्रिकेट, लुगाकपडा, महत्वपूर्ण कागजपत्र आदि जस्ता अत्यावश्यकीय वस्तु भिजाएर पनि शरणार्थीहरुमा थप संकट थपिएको छ ।


गत वर्ष नै बगाएको पुल अहिलेसम्म नबनेका कारण सामान्य दिनमा समेत अष्ठ्यारो भइरहेको थियो भने शिविरका छाप्राछाप्रामा पानी पसेर बस्ने ठाउँ नहुँदा शिविर बाहिरका सुरक्षित ठाउँमा जानका लागि पनि समस्या परिरहेको छ ।

रातिदेखि नै मुसलधारे पानी परिरहेको र अझै केही समय पानी रोकिने संकेत नदेखिएकोले अरु केही घण्टा पानी परिरहे पूरै शिविरका छाप्रा डुव्ने र मानवीय हताहत हुने सम्भावना देखिएको गोलधाप शिविरका सञ्चारकर्मी नारद घिमिरेले जानकारी दिनुभयो ।


भारी बर्षा र पुल पनि नभएका कारण दातृसंस्था तथा अन्य निकायहरुबाट तत्काल उद्दारको काम समेत हुन सकिरहेको छैन । सम्वन्धित पक्षले तुरुन्तै तदारुकता नदेखाए धेरै शरणार्थीको ज्यान जोखिममा पर्न सक्ने देखिन्छ ।

No comments:

Post a Comment