Saturday, February 20, 2010

केवी, शान्तिरामका हत्याका आरोपिको हत्या

विभिन्न समयमा भएका भुटानी शरणार्थीहरुका हत्याका घटनाका मुख्य आरोपित एकजना शरणार्थीको शुक्रबार राति हत्या भएको छ ।
बेलडाँगी-१ का काँइला फागो भनिने रमेश सुव्वाको अज्ञात समूहले मेचीनगर-३, रमाइलो बस्ती नजिकै गोली प्रहार गरि हत्या गरेको हो ।
मृतकको साथबाट १५ हजार रुपैयाँ नगद र २ वटा मोबाइलसमेत बरामद भएको छ ।

उनको कन्चट, कोखा, छाती र पेटमा गरि छवटा गोली लागेको र घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।
घटनास्थल इटाभट्टाचोकदेखि एक किलोमिटर उत्तरपश्चिममा पर्दछ । साँझ साढे सातवजे अकस्मात गोली चलेपछि स्थानीयवासी आतंकित भएका थिए । घटनापछि दर्ुइ तीन जना उत्तरतर्फ भागेको स्थानीय एक गाउँलेले बताए । फागो भदाको घरमा गएका थिए । विहानमात्र उनी साथीसँग बजार गएको र फर्कने क्रममा मारिएको प्रहरीले जनाएको छ । उनीसँगै गएका साथी भने सम्पर्क बाहिर छन् । फागोको शवलाई हिजो साँझ नै पोष्टमर्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ ।
मृत फागो बेलडाँगी १ शिविरका पूर्व शिविर सचिव समेत हुन् । पछिल्लो समय सुव्वा लिवरेसन् फ्रन्ट अफ भुटानको नेता भइ भूमिगत कृयाकलाप गर्दै आएका थिए । उनी पूर्व शिविर सचिव केवी खड्का, शान्तिराम नेपाल लगायतका शरणार्थीहरुको हत्यामा संलग्न रहेको प्रहरीले दावी गर्दै आएको थियो । यद्यपि उनको हत्या कसले र के उद्देश्यका लागि गर्यो भन्न खुल्न सकेको छैन ।



भुटानी शरणार्थी शिविर गोलधापको सेक्टर वी ४, छाप्रो नं. १०६ को १८ बर्षिय युवा जनार्दन न्यौपानेले पूराण वाचन गरिरहेका छन् । २०४८ साल फागुन २१ गते भुटानको ललाईमा बाबु बासुदेव र गंगामायाको कोखबाट जन्मिएका न्यौपानेले आफ्नै निवासमा श्रीमद्भागवत ज्ञान महायज्ञ मुलपाठ पारायण आफ्नै मुखबाट गरिहेका छन् । श्री श्री श्री १००८ सन्त शिरोमणी बासुदेवाचार्य स्वामीजी महाराजको मुखाराविन्दबाट कथा प्रवचन भइरहको छ भने जनार्दन आचार्यले अठार बर्षकै उमेरमा त्यसमा पनि संस्कृत नभएर विज्ञान विषयमा विएस्सी गरेका व्यक्तिले पुराणको मूल पाठ वाचन गरेको देख्दा शरणार्थीहरु भने एकदमै दंग बनेका छन् । साथै शरणार्थी विश्लेषक एव बुद्धिजीविहरुले शरणार्थी समुदायमा १८ बर्षीय न्यौपानले पुराण वाचन गर्नु भनेको शरणार्थीहरुका लागि गौरवको विषय भएको बताउनु भएको छ ।
हिजो फागुन ६ गतेदेखि शुरु भएको श्रीमद्भागवत महायज्ञ १२ गतेसम्म चल्ने छ ।



बेलडाँगी एक शिविरका आगलागि पिडितलाई विभिन्न मुलुकमा पुनर्वास भएका तथा अन्य देशहरुमा बसोबास गर्दै आएका शरणार्थी लगायत जीएचआरडी नाम एक अन्तराष्ट्रिय संस्था र वेलडाँगीका तीनवटै शिविरमा कार्यरत सरकारी तथा दातृ निकायका कर्मचारीहरुले आर्थिक सहयोग प्रदान गरेका छन् । अमेरिका, अष्ट्रेलिया, नेदरल्याण्ड, नर्वे, जर्मनी लगायतका देशमा भएका भएका शरणार्थीले १ लाख सतहत्तर रुपैया सहयोग गरेका छन् । उक्त रकम भुटान समाचार सेवाको संयाजनमा उठेको हो । त्यसैगरि अन्य संस्था र व्यक्तिहरुबाट समेत गरि उठेको जम्मा २ लाख ५० हजार रुपैयाँ आज रकम बेलडाँगी-१ शरणार्थी व्यवस्थापन समिति र त्यहाँ कार्यरत सहायता निकायको रोहबरमा बाँडिएको छ । सो रकम बेलडाँगी एक शिविरका सचिव टिवि गुरुङ र भुटान समाचार सेवाका प्रमुख विद्यापति मिश्रले संयुक्त रुपमा प्रदान गर्नु भएको थियो । आगलागिबाट छाप्रो गुमाएका चारसय बाउन्न जना शरणारथीलाई क्षति हेरि जनही एक हजार तीनसय देखि छ हजार रुपैयाँसम्म प्रदान गरिएको छ । (यस बारे थप समाचार भोलि)

अहिलेसम्म पुनर्वास हुने शरणार्थीको संख्या २६ हजार ८९५ पुगेको छ । पुनर्वास भएकामध्ये सवैभन्दा बढि २३७३१ जना अमेरिका पुगेका छन् । यसैगरि अष्ट्रेलियामा ११२४ जना, क्यानाडामा ९०४ जना, न्यूजिल्याण्डमा ३७१ जना पुनर्वास भएका छन् भने नर्वेमा ३१९ डेनमार्क ३२४ र नेदरल्याण्डमा १२२ जना भुटानी शरणार्थी पुनरवास भएका छन् । पुनरवासको लागि इच्छापत्र भर्ने शरणार्थीको संख्या भने ८४ हजार नाघिसकेको छ । शरणार्थी समस्याको दिगो समाधानको विकल्प भन्दै सन् २००८ को मार्चदेखि भुटानी शरणार्थीलाई उनीहरुको इच्छा अनुरूप पुनर्वासमा तेश्रो देश लैजान थालिएको हो ।



अमेरिकाको न्यू हेम्पसायरको कन्कर्ड मोनिटर नामक अनलाईन पत्रिकाले अमेरिकामा पुनरवास भएका शरणार्थीहरुबारे सम्पादकीय छापेको छ । सम्पादकीयमा पुनरवास भएका हरेक भुटानी शरणार्थीले हरेक महिना पाउँदै आएको नौ सय अमेरिकी डलरलाइ बढाएर एक हजार ८ सय पुर्याएको लेखेको छ । यु एस स्टेट डिपार्टमेन्टले जनवरीको अन्तमा भुटानी शरणार्थीको सहयोगको लागि रकम बढाएको हो । बढेको रकमले अमेरिका पुनरवास भएका भुटानी शरणार्थीलाई स्वावलम्वी र उत्पादनशील नागरिक बनाउन सकिन्छ भन्ने कुराको निश्चित हुन नसकेको सम्पादकीयमा लेखिएको छ । सम्पादकीयका अनुसार शरणार्थी पुनरवासमा सहयोग गरिरहेका सामाजिक संस्थाहरुले रकम बढाउन अमेरिकी सरकारसँग पहल गरिहका छन् । भुटानी शरणार्थीलाई नयाँ समुदायमा घुलमिल गराउन भने रकम अपुग हुने सो अनलाइन पत्रिकाले छापेको छ । शरणार्थी बच्चाहरूलाइ पढाउनु सवैभन्दा ठूलो चुनौति भएको न्यू हेम्पसायरको कंग्रेस टोलीले स्थानीय निकायसँग छलफल गरि शरणार्थीको समस्या र आगामी योजना तर्जुमा गर्नु पर्ने लेखेको छ ।

खुदुनाबारी शरणार्थी शिविर विभिन्न पाँच छाप्राबाट जफत गरिएको सत्तरी लिटर रक्सी अस्ती बुधबार नालीमा पोखिएको छ । शिविरस्थित सशस्त्र प्रहरीको गस्ती, शिविर व्यवास्थापन र सहायता अधिकारीहरुको संयुक्त टोलीले छाप्रामा छापामारी जफत गरिएको रक्सी नष्ट गरिएको खुदुनाबारी शिविर व्यवस्थापन समितिका सचिव भानु ढुंगानाले बताउनु भयो ।



गोलधाप शिविरमा संचालित सुरक्षित आप्रवासन, एच आइ भी एडसबाट वच्ने तरिका एवं प्रजनन स्वास्थ्यसम्वन्धी चार दिने अभिमुखीकरण तालिम आज सम्पन्न भयो । युवा मैत्री केन्द्र गोलधापद्वारा आयोजित अभिमुखीकरणमा १८ महिलासहित ५२ शरणार्थी युवाले भाग लिएका थिए । अभिमुखीकरणमा आम्दाका एच आइ भी कार्यक्रम अधिकृत लोकेन्द्र भट्ट र भानु घले श्रोत व्यक्ति हुनुहुन्थयो ।

No comments:

Post a Comment