Saturday, February 6, 2010

शिविरमा


शरणार्थीहरुलाई वितरण गर्न लागेको नयाँ रासन कार्ड आउँदो विहिवारदेखि बाँडिने भएको छ । कार्ड बाँड्ने बेलामा १६ वर्ष माथिका सवै शरणार्थी आफैं उपस्थित हुनु पर्ने संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले जनाएको छ । नयाँ रासन कार्ड वितरण कार्यका बारेमा हिजो सवै शिविरहरुमा जानकारी गराइएको छ । परिवारका धेरैजसो सदस्य तेश्रो मुलुक पुनर्वासका गइसकेकाले नयाँ रासन कार्ड बनाउनु परेको बताइएको छ ।




यस वर्षभरिमा लुथरन विश्व महासंघले दुइहजार पाँचसय तीस शरणार्थीलाई सीपमूलक तालिम दिने भएको छ । तीन चरणमा दिइने तालिमको पहिलो चरणको अस्ति सोमबार शुरु भएको छ । पहिलो चरण अन्तरगत ६० दिनको प्रारम्भिक कम्युटर कक्षा, ४५ दिनको हाउस किपिङ, ४५ दिनको केयर गिभर, ६५ दिनको इलेक्ट्रिसियन तालिम छन् ।पहिलो चरणको तालिममा सातै शिविरका एक हजार पचास शरणार्थी सहभागि छन् । शरणार्थीहरूलाई सीपमुलक तालिम दिएर क्षमतावान बनाउने उद्देश्यले तालिम शुरु गरिएको लुथरन विश्व महासंघकी समुदाय सेवा अधिकृत राधा प्रधानाङ्गले बताउनु भयो ।

भुटानी शरणार्थीका भुटानका जेलमा रहेका आफन्तका चिठी ल्याउने लैजाने काम गर्दै आएको अन्तराष्ट्रिय रेडक्रसले गएको बर्ष सन २००९ मा ८६ थान चिठी ल्याउने लैजाने काम गरेको छ । यसैगरि भुटानको चेम्गङ केन्द्रिय कारागरमा रहेका २७ भुटानी बन्दीका १०४ जना आफन्तलाई पनि जेलमै लगेर भेट गराएको छ । शणार्थीका भुटानका जेलमा रहेका आफन्तसँग भेटघाट गराउने कामको संयोजन नेपाल रेडक्रस सोसाइटीको भुटानी शरणार्थी सहायता परियोजनाले गर्दै आएको छ । परियोजनका कार्यक्रम अधिकृत ललित खतिवडाले बताउनु भयो - भुटानी जेलमा रहेका भुटानीलाई भेट्न यहाँबाट खर्च दिएर पठाउने गरिएको छ। यसरी पठाउँदा एक पटकमा एक जनालाई २००० रुपैया दिइने गरिएको छ । उनीहरूले पहिले आफ्नै पैसा खर्च गरेर भेटेर आउँछन्, त्यसपछि हामी उनीहरूलाइ सो रकम दिने गर्छौं ।
भुटान सरकारले राजधानी थिम्पु नजिकैको केन्द्रीय कारागार बाहेकका २७ वटा जेलमा अन्तराष्ट्रिय रेडक्रसलगायत कुनै पनि संस्थालाई पुग्न दिएको छैन ।
भुटानको चेम्गङ जेलमा मात्रै लगभग ८५ जनाले वन्दी जीवन विताइरहेका बताइन्छ ।



भुटानले अवदेखि भारतको पूर्वोत्तर क्षेत्र मेघालयको बाटो भएर बंगलादेशलाई सामान निर्यात गर्ने भएको छ। गएको महिना भारत बंगलादेश र भुटानविच यस बिषयमा सहमति भएको थियो। यो बाटो भएर सामान निर्यात गर्दा खर्च र रकम बचत हुने बताइएको छ ।
यसअघि भुटानले भारतको पश्चिम बंगाल हुँदै बंगलादेशमा सामान निर्यात गर्ने गर्थ्यो ।

No comments:

Post a Comment