Wednesday, April 4, 2012

प्रेस बिज्ञप्ती


प्रेस चौतारी
झापा शाखा
मिति ः २०६८ चैत २२

झापाका युबा पत्रकार, नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य ,राजधानी  दैनिक र एभिन्यूज टेलिभिजनका सम्बाददाता यादव पौडेलको मिति २०६८ साल चैत २१ गते राति १ बजेको समयमा बिर्तामोडको नयाँ बसपार्कस्थित होटल पूर्वाञ्चल सेकुवा कर्नर अगाडि जंगली बर्बरतापुर्बक अज्ञात समूहले हत्या गरेको घटनाले प्रेस चौतारीलाई स्तब्ध बनाएको छ । हामी यो घटनाको चर्को निन्दा एवम् भत्र्सना गर्दछौँ । मध्य झापाको अत्यन्तै ब्यस्त शहरमा भएको यो घटनाले सिड्गो प्रेस जगत नै आतंकित बनेको छ । पत्रकार पौडेलको हत्याको यो घटनाले नेपाली पत्रकारीता क्षेत्र अझै गम्भीर सकंटको हालतमा रहेको संकेत गर्दछ ।



न्यू मेची टाइम्स दैनिकका कार्यकारी सम्पादक ३८ बषर््ीाय पत्रकार पौडेलको हत्या गम्भीर षड्यन्त्र र सुनियोजित ढंगले भएको प्रेस चौतारी झापाको ठहर रहेको छ  । यो बर्बरतापुर्ण तथा नितान्त अपराधिक घटनामा संलग्न हत्यारालाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कानुनी  कारवाहीका लागि हामी सरकारसँग जोडदार माग गर्दछौ ।
 पत्रकार पौडेलको परिवारको उचित भरणपोषणको व्यवस्था र उहाँका छोराछोरीको लागी निशुल्क उच्च शिक्षाको व्यवस्था मिलाउनसमेत हामी सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछौ । साथ,ै   दिवगंत आत्मको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना सहित गहिरो समवेदना प्रकट गर्दछौ ।

.......................   .. .............                 ................................
सुब्रत न्यौपाने       चेतन अधिकारी                 गोपाल गड्तौला
सचिव             केन्द्रीय सदस्य                        अध्यक्ष

No comments:

Post a Comment