Wednesday, April 4, 2012

Press Release


नेपाल पत्रकार महासंघ
झापा शाखा
मिति ः २०६८ चैत २२
प्रेस बिज्ञप्ती
नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य युवा पत्रकार यादव पौडेलको मिति २०६८ साल चैत २१ गते राति १ बजेको समयमा बिर्तामोडको नयाँ बसपार्कस्थित होटल पूर्वाञ्चल सेकुवा कर्नर अगाडि अज्ञात समूहले धारिलो हतियारले आक्रमण गरी हत्या गरेको घटनाले नेपाल पत्रकार महासंघसँगै सम्पूर्ण सञ्चारकर्मी र सञ्चार क्षेत्रलाई नै स्तब्ध बनाएको छ । मोरडको सिजुवा ९ घर भई ७ बर्षदेखि झापाको बिर्तामोडमा रहेर एभिन्यूज टेलिभिजन र राजधानी दैनिकका झापा सम्वाददाता तथा न्यू मेची टाइम्स दैनिकका कार्यकारी सम्पादक ३८ बषर््ीाय पत्रकार पौडेलको हत्या गम्भीर षड्यन्त्र र सुनियोजित ढंगले भएको हाम्रो ठहर छ ।
http://canadanepal.net/news/?p=11193

नागरिकको सूचना पाउने अधिकार रक्षाका लागि अहोरात्र खटिरहने सञ्चारकर्मी माथि षड्यन्त्रमूलक ढंगले भएको आक्रमण र हत्याको हामी घोर निन्दा र भत्र्सना गर्दछौँ । कायरतापूर्ण ढंगले गरिएको यो घटनाको जति नै निन्दा र भत्र्सना गरेपनि कम हुन्छ । ्
घटना सँगै बिभिन्न आशंकाहरु उत्पन्न भइरहेको यो सन्दर्भमा पत्रकार महासंघको प्रतिनिधित्व हुने गरी न्यायिक छानबिन आयोग गठन गर्न तथा घटनामा संलग्न हत्यारालाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाहीका लागि हामी सरकारसँग जोडदार माग गर्दछौ ।
प्रेस स्वतन्त्रताको बहस शसक्त भइरहेका बेला सञ्चारकर्मीमाथि भएको यस्तो घटनाले आमसञ्चार क्षेत्रलाई सन्त्रस्त मात्रै बनाएको छैन आमसञ्चारकर्मी असुरक्षित रहेको पुष्टी गरेको छ । सरकार समक्ष हामी सम्पुर्ण सञ्चारकर्मीको सुरक्षाको ग्यारेन्टी गर्न समेत माग गर्दछौँ । साथै पत्रकार पौडेलको परिवारको उचित भरणपोषणको व्यवस्था मिलाउनसमेत हामी सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछौ ।
यसैबीच चैत २२ गते बुधबार नै नेपाल पत्रकार महासंघ झापाको संयोजनमा भद्रपुरमा भएको झापाली सञ्चारकर्मीहरुको भेलाले स्वर्गीय पत्रकार पौडेलको शोकमा नेपाल पत्रकार महासंघ झापा शाखाको कार्यालय ३ दिनसम्म बन्द गर्ने निर्णय गरेको छ । त्यसैगरी बिद्युतीय सञ्चारमाध्यमले शोकधुन बजाउन र छापा सञ्चार माध्यमले शोक सन्देश प्रकाशन गर्नका लागि हामी सम्बन्धित सञ्चार गृहलाई आग्रह गर्दछौ । बिगत एक दशकदेखि पत्रकारिता क्षेत्रमा कृयाशील स्वर्गीय पत्रकार पौडेलको आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दछौँ । साथ,ै शोकसन्तप्त परिवारजनमा शोकसहन र  धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना सहित हार्दिक समवेदना ब्यक्त गर्दछौ ।



.......................                                 ................................
दिपेन बाला राई गणेश पोखरेल
सचिव अध्यक्ष

No comments:

Post a Comment