Thursday, November 17, 2011

राहत पीडित महिलाको आमरण अन्सन

http://www.bhutannewsservice.com/
पहिचान र सहायताबाट बञ्चित भूटानी शरणार्थी महिलाले झापाको बेलडाँगी शरणार्थी शिबिरमा मंगलबारदेखि माग पुरा नहुञ्जेलसम्म भन्दै आमरण अनसन शुरु गरेका छन् ।
काखको नानी एकैछिन बिसाँउदै बिहान ११ बजे राहत बञ्चित शरणार्थी महिला समुहकी संयोजक दुर्गादेबी बिष्टले पहिचान र सहायता बिना छाप्राभित्र भाकभोकै छट्पटाएर मर्नु भन्दा सहायता अधिकारीहरुका कार्यालय अगाडी माग राखेरै मर्न तयार भएको मन्तब्य दिँदै आमरण अनसन शुरु गर्नुभएको थियो ।
नेपाल मानब अधिकार संगठन दमकका अध्यक्ष देब सुबेदी , शरणार्थी र स्थानियको संयुक्त शान्ति समितीका अध्यक्ष नैनसिंह भण्डारी , भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितीका अध्यक्ष डाक्टर भम्पा राई , बेलडाँगी  शरणार्थी शिबिर ब्यबस्थापन समितीका सचिब धनबिर सुब्बा , राहत बञ्चित पिडित शरणार्थी समुहका संयोजक नन्दु पौडेल लगायतले आमरण अनसनकारीका मागमा आफ्नो एैक्यबद्धता र साथ रहेको जनाए ।
एउटा अनौपचारिक तथ्यांक अनुसार झापा र मोरङका छ वटै शरणार्थी शिबिरमा तिनहजार सातसय ४९ जना भुटानी पहिचान र सहायताको पर्खाइमा छन् । उनिहरु मध्ये धेरैजसो पुग्दो सहायताको अभाबका कारण कामको खोजिमा शिबिर बाहिर जानु परेकोले शरणार्थी दर्तामा छुटेको बताइएको छ ।
बितेका केहि बर्षदेखि पहिचान र सहायताबाट बञ्चित भूटानी शरणार्थीले आफ्ना माग अघि सार्दै  बारम्बार आन्दोलन गरिरहेका भए पनि उनिहरुका माग पुरा भएका छैनन् । मंगलबार आमरण अनसनमा १५ महिला बसेका छन् ।

सुन्दरीसित रेलमा एक रात


विद्यापति मिश्र
काशीको यात्रा सबैको लागि रमाइलो नै हुन्छ होला । हामी पनि पहिलो पटक हिन्दुहरूको प्रसिद्ध धार्मिक नगरी काँसी पुग्दा एक प्रकारको रमाइलो अनुभूति भयो । प्रतिष्ठित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय र काशी हिन्दू विश्वविद्यालय, दर्जर्नौं घाट तथा मन्दिरले युक्त यो भारतीय तीर्थस्थलको यात्रा संभवतः सबैका लागि अविस्मरणीय हुँदो हो । वैँशालु उमेरको काशी यात्रा यसै पनि अनौठो लाग्ने नै भयो अरुले सुन्दा पनि । यात्राको कार्यक्रममा काशीपछि हरिद्वार पनि छ भन्ने सुन्नेहरूले त गेरु रंगको टी–शर्टको पनि अर्थ खोज्नै परेन । यात्राअघि छट्टु पण्डाका कथाहरू दिमागमा घुमिरहेकाले काशी प्रवेशअघि रेलका सहयात्री काशीवासीहरूसँग नचाहेर पनि ती कुरा निस्किहाल्थे ।
ती सबैलाई फिका पारिदियो एक साहसिक र प्यासी (प्यारी भनेको छैन है विचार गर्नू!) सुन्दरीसँगको सहयात्राले । कुराको भेद खोल्नुअघि भनिहालौं– नियमित रेलयात्रीहरूका लागि स्वाभाविक हुन्छ कि कुन्नि तर यदाकदा छुक्छुके रेलमा रमाउन पाउनेका लागि भने अदुभूत र अविस्मरणीय नै हुँदो रहेछ यस्तो रनाहा दिने घटना । शायद, नियमित यात्रीले पनि यस्तो भाग्य बिरलै पाउँदा हुन् । हुनत, त्यो भाग्य हो कि दुर्भाग्य भनेर छुट्याउन त्यति सजिलो भने छैन ।

Monday, November 7, 2011

भूटानी शर्णार्थीहरु नेपालका प्रधानमन्त्रीसँग आशावादी

http://nepalipost.com
यसै साता माल्दिप्सको राजधानी मालेमा हुन लागेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क को १७ सम्मेलनका अवसरमा नेपालका तर्फबाट शर्णार्थी समस्या समाधानबारे नेपालका प्रधानमन्त्री बाबुराम भट्टर्राईले प्रयास गर्ने आशा भुटानीहरुले गरेका छन् ।

भूटान पिपुल्स पार्टीकातर्फबाट त्यसका अध्यक्ष बलराम पौडेलद्धारा प्रेसित विज्ञप्तिअनुसार नेपालका प्रधानमन्त्री बाबुराम भट्टर्राईको गत महिना भएको भारत भ्रमणका अवसरमा भूटानी शरणार्थी समस्या समाधान बारे कुरा नभएको भन्दै यो पटक भने यसबारे कुरा हुने आशावादी आफूहरु भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ,
भूटानको आन्तरिक राजनीतिक समस्याद्वारा उत्पन्न शरणार्थी समस्याको समाधानमा सुरूदेखि नै साक्षिका रूपमा रहेको, भूटानको परराष्ट्र नीति, सुरक्षा र विकासमा समेत अहं भुमिका निर्वाह गर्दैआएको भारतको संलग्नता बिना शरणार्थी समस्या समाधान हुन नसक्नेे कुरा विगतमा भूटान र नेपालबीच भएका १५औं चरणसम्मका असफल वार्ताक्रमले स्पष्ट पारिसकेको छ । 

भूटान र नेपालबीचको द्वपक्षीय वार्ताद्वारा समाधानको कुनै मार्ग नखुलेपछि, अन्तर्राष्ट्रिय सक्रियतामा, भूटानीहरूलाई तेस्रो मुलुक पुनर्वासमा जान बाध्य तुल्याइएको छ तापनि अधिकांश भूटानीहरू स-सम्मान स्वदेश फर्कदा मात्र दीर्घकालीन समाधान हुन्छ भन्ने दृढ विश्वाससहित पूर्ण प्रजातन्त्रका लागि संघर्षमा छन् । तेस्रो मुलुक पुनर्बास भूटानी शरणार्थी समस्याको दीर्घकालीन समाधान होइन भन्ने कुरा जग जाहेरै छ । 

भूटान सार्कको संस्थापक सदस्य राष्ट्र हो । तर सन् २००८ मा कथित प्रजातन्त्र मञ्चन भए पनि भूटानी जनता न्युनतम मानवअधिकार अधिकार उपभोग गर्नबाटसमेत वञ्चित छन् । एकाइसौं शताब्दीको तक्निकी युगमा पनि जनता निरंकुश व्यवस्थाको दमनको शिकार भइरहनु र सार्क सदस्य राष्ट्रहरू मुकदर्शक बनिरहने अवस्था रहनु भूटानी जनताको लागि दूर्भाग्य विषय बन्न गएको छ । 

सार्क शिखर सम्मेलनमा क्षेत्रीय हितका कुरा हुने भएपनि द्विपक्षीय समस्या उठान हुन नसक्नु यस क्षेत्रका जनताकै लागि अभिशाप देखा पर्दैआएको छ । यद्यपि, शरणार्थी समस्या नेपालको मात्र नभएर सार्क राष्ट्रहरुकोसमेत समस्या हुन गएकाले र्सार्क क्षेत्रलाई शरणार्थी मुक्त क्षेत्र बनाउनका लागि पनि नेपालले पहल गर्नु पर्ने जरूरी छ । त्यसका लागि भारत सम्मिलित त्रिपक्षीय वार्ता मार्फत भूटानी शरणार्थी समस्या समाधनको मार्ग तयार गर्न नेपाल सरकारसँग हामी पुनः आग्रह गर्दछौं ।