Thursday, November 17, 2011

राहत पीडित महिलाको आमरण अन्सन

http://www.bhutannewsservice.com/
पहिचान र सहायताबाट बञ्चित भूटानी शरणार्थी महिलाले झापाको बेलडाँगी शरणार्थी शिबिरमा मंगलबारदेखि माग पुरा नहुञ्जेलसम्म भन्दै आमरण अनसन शुरु गरेका छन् ।
काखको नानी एकैछिन बिसाँउदै बिहान ११ बजे राहत बञ्चित शरणार्थी महिला समुहकी संयोजक दुर्गादेबी बिष्टले पहिचान र सहायता बिना छाप्राभित्र भाकभोकै छट्पटाएर मर्नु भन्दा सहायता अधिकारीहरुका कार्यालय अगाडी माग राखेरै मर्न तयार भएको मन्तब्य दिँदै आमरण अनसन शुरु गर्नुभएको थियो ।
नेपाल मानब अधिकार संगठन दमकका अध्यक्ष देब सुबेदी , शरणार्थी र स्थानियको संयुक्त शान्ति समितीका अध्यक्ष नैनसिंह भण्डारी , भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितीका अध्यक्ष डाक्टर भम्पा राई , बेलडाँगी  शरणार्थी शिबिर ब्यबस्थापन समितीका सचिब धनबिर सुब्बा , राहत बञ्चित पिडित शरणार्थी समुहका संयोजक नन्दु पौडेल लगायतले आमरण अनसनकारीका मागमा आफ्नो एैक्यबद्धता र साथ रहेको जनाए ।
एउटा अनौपचारिक तथ्यांक अनुसार झापा र मोरङका छ वटै शरणार्थी शिबिरमा तिनहजार सातसय ४९ जना भुटानी पहिचान र सहायताको पर्खाइमा छन् । उनिहरु मध्ये धेरैजसो पुग्दो सहायताको अभाबका कारण कामको खोजिमा शिबिर बाहिर जानु परेकोले शरणार्थी दर्तामा छुटेको बताइएको छ ।
बितेका केहि बर्षदेखि पहिचान र सहायताबाट बञ्चित भूटानी शरणार्थीले आफ्ना माग अघि सार्दै  बारम्बार आन्दोलन गरिरहेका भए पनि उनिहरुका माग पुरा भएका छैनन् । मंगलबार आमरण अनसनमा १५ महिला बसेका छन् ।

No comments:

Post a Comment