Saturday, May 8, 2010

शरणार्थी शिविरमा आगलागी

अर्जुन प्रधान

बैशाख २४२०६७
भूटानी शरणार्थी शिविर बेलडागी १ अन्र्तगत सेक्टर ए÷२ छाप्रा नं। २०२ बस्ने पदम लाल विश्वको घरबाट शुत्रबार साझँ ६ः१५ तिर एकाशि निस्केको आगोले करिबन २१ छाप्रा नष्ट १३ भत्काएको ५ र साधरण भत्काएको ३ जलेर र भत्काएर नष्ट भएको क्याम्प ब्यवस्थापन समितीले जानकारी दिएको छ ।


अग्नीपिडीत शरणार्थीलाई तत्कालका लागि गि्रन भेल एकडमी विद्यलयमा शरण गराएको र उनीहरुलाई चाहिन आवश्यक बस्तु जस्तै खाजामा-केरा ४०० रोटी ७०० पिस चिनी दध र रातीको लागि आकश्मीक बत्ती आदि कारिता नेपालले दिएको कारितस नेपालका प्रमुख फदर अमलराज एस।जेले जानकारी दिनु भएको छ । त्यहाँ स्थित ३७ जान जिभिए टिआरएस लगायत क्यापसमा पढ्ने विधार्थी रहेको विद्यलयका प्रध्यपक भिम सुब्बाले जानकारी दिनुभयो ।

त्यसैगरी विश्व खाद्यन्न कार्यक्रम र लुथरन विश्व फेडेरेसनले छाप्राको विवरण जम्मा उनीहरुलाई केही दिनका लागि खाद्यन्न् दिएको छ । तर उनीहरुलाई अन्य सेक्टरका प्रतिनीधिहरुले खान देखि लिएर अन्य कामहरुमा सहयोग पुर् यीरहेको समीतीले जनाएको छ ।

शिविरको यूवा मैत्री केन्द्रले राती देखिनै अग्नीपीडित शरणार्थीलाई सहयोग पुर् याइरहेको छ भने बाल माच महिला माच र असाहय माच टिपिओ आम्दा नेपाल आदि सस्थाँले विवरण लिने काम गरीे स्वास्थ उपचार गरीरहेको क्याम्प सचिब टि।वि।गुरुङ्गले बताउनु भयो ।

अग्नीस्थलमा झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी यादप कोइरालाले अन्य शरोकारवालासँग बैठक बसि प्रकोप ब्यावस्थपन समिती र सस्थाँहरु सँग सहयोग लिइ तत्कालकालागि पिडीतलाइ राहत दिने र उनीहरुको गाँसबाँस र कपासका निम्ति यूएनएचसिआर सगँ मिली सहयोग गर्ने बताउनु भएको छ भने शिविर प्रमुख हर्क बाहादु राईको अध्यक्षतमा एक समिती गठन गरिएको छ ।

पिडी शरणार्थीलाई सुरक्षित गर्ने रातीनै कारितस नेपाल-यूवा मैत्री केन्द्र लुथरन विश्व फेडेरेसन यूएनएचसिआए रेडक्रस सोसाइटी लगायत सशस्त्र प्रहरी बल शरणाथर््ी प्रभावित क्षेत्रका मानिस शिविर भित्रका युवाहरु दमकबाट बारुण यान्त्रको पनि उपश्थिती रहेकालॆ आधा घण्टमा आगो नियान्त्रणमा आएको थियो । आगोबाट करिबन १४० जान परिवार विस्थापित भएका छन् । उनीहरुलाई शरणार्थी शरोकारवालहरुले पिडीलाई विभिन्न प्रकारको रहात प्रदान गराइरहेका छन् ।

शरणार्थीले कुनै पनि प्रकारको समान निकाल्न पाएका छैन्न जस्तै पूर्नवासका कागज पत्र शैक्षिक नेपाल सरकार र यूएनएचसिआरले संयूत्त दिएको परिचय पत्र आदि । समितीको सिपारिसमा सबै कागजात नेपाल सरकारले दिने भएको छ ।

आगलागीबाट २० लाख वराबरको मालसमानहरु नष्ट भएको सशस्त्र प्रहरी बल इलाका प्रहरी लगायत समितीले जानकारी दिएको छ ।



यसअघि पनि बेलडागी १ अन्र्तगत सेक्टर ए३मा गत मिती २० जनवरी २०१०मा भिषण आगलागीमा परि कुल ४०० बढी विस्थापित भएका थिए ।

No comments:

Post a Comment