Saturday, May 1, 2010

हामी सब एक हौ


भुटानी शरणार्थीको शैक्षिक सहयोगमा संलग्न कारितास अन्र्तगतको युवा मैत्री केन्द्रले अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर पैतीस जनालाई सम्मान गरेको छ ।

आज झापाको दमक स्थित कारितास नेपालको कार्यालयमा भएको कार्यक्रममा चौध जना शिविरका दिवा र रात्री पहरेदार चौध जना सल्लाहकार र सातै शिविरका संयोजक सम्मान गरिएको हो ।

उहाँहरुलाई कारितास नेपालको दमक स्थित कार्यालयका प्रमुख फादर अमलराज एसजे र क्षेत्रीय प्रमुख फादर लुईस प्रकास ले खादा ओडाएर सम्मान गर्नु भएको थियो ।

शिविरका पहरेदारले त्यस अवसरमा शिविरको सुरक्षा अवस्थाको विगत र वर्तमानको विषयमा आफ्नो अनुभव आदान प्रदान गरेका थिए । त्यस अवसरमा युवा मैत्री केन्द्रले प्रकासित गर्ने साप्ताहि प्रतिक पत्रिकाका सम्पादक कृष्ण घायल र समाचारदाता अर्जुन प्रधानलाईपनि सम्मान गरिएको थियो ।

No comments:

Post a Comment