Monday, May 17, 2010

अग्निपिडीतलाई राहत वितरण


भूटानी शरणार्थी शिविर बेलडागी १मा शुक्रबार भएको आगलागिमा परेर विस्थापित भएका अग्नीपिडीत शरणार्थीलाई अमेरिका स्थित क्यानटोकी राज्यको लुइस भ्यालीमा पूर्नवाश भएका इन्द्रलाल पाठकको परिवारले डलर छ सय पचाँस रहात सहयोग गरेको छ
विचल्नीमा परेका अग्नीपिडीत शरणार्थीलाई सहयोग स्वरुप बेलडागी २ को सेक्टर इ १ छाप्रा नं। ७बाट आज भन्दा एक बर्ष अघि पूर्नवाश भएका पाठकले सो रकम लोक नाथ तिन्सनाको नाममा पठाएर वितरण गरेको अग्निपिडीत ब्यवस्थापन समितिका अध्यक्ष क्याम्प सुपरिवेक्षक हर्क बाहादुर राईले बताउनु भयो ।


लोक नाथ ति_िम्सनाले इन्द्रलाल पाठकको फोटो देखाउदै शूरु गरेको कार्यक्रममा २२ वाट छाप्राका अग्निपिडीत शरणार्थी र ब्यवस्थापन समितीहरुको उपश्थिीती रहेको थियो । क्याम्प सुपरिवेक्षक हर्क बाहादुर राई लगायत क्याम्प सचिब टि।बि।गुरुङ्गको हस्तबाउलीबाट रु १८००को दरले २२ छाप्रालाई रकम वितरण गरियो ।

अग्निपिडीत शरणार्थीहरुको तर्फबाट धन बाहादुर विश्वले इन्द्रलाल पाठक र अन्य परिवारलाई धन्यवाद दिएका थिए ।

त्यसैबीचशनिवारका दिन नेपाल रेडक्रस सोसाइटी झापा शाखाले १८ त्रिपाल १५ थान पपलिन कपडा १५ कम्बल १५ सारी र १५ थान जिन कपडा शाखाको उपमंत्री मित्र काफ्ले र दमक शाखाको सभापति प्रकाश बुढाथोकीको उपस्थितिमा रहात वितरण गरिएको थियो भने आइताबार अति पिडीत भएको १८ वाट छाप्रालाई लुथरन विश्व फेडेरेसनले प्रति परिवार १ वाट गिलन ३ वटा भाँडा ४ वटा थाल ४वटा गिलास प्रदान गरेको समितीका संयोजक टि।बी गुरुङ्गले बताए ।

त्यसैगरी भूटानी शरणार्थी शिविर बेलडागी २को क्याम्प ब्यावस्थापन समितीले रुपाय सत्र हजार पाँच सय एकतिस समितीलाई बुझाएको क्याम्प सचिब नारद मुनि सन्यासीले जानकारी दिनु भयो । अग्निपिडीतलाई अन्य सेक्टरका प्रतिनीधिहरुले खान देखि लिएर अन्य कामहरुमा सहयोग पुर् यीरहेको समीतीले जनाएको छ । अग्निपिडीत शरणार्थीहरुलाई अग्निस्थलमै नराख्ने र उनीहरुलाई पूर्नवाश भएका छाप्ा्राहरुमा ब्यावस्थीत गर्नलागेको छाप्रा ब्यवस्थपन समितीले जानकारी दिएको छ । अग्निपिडीत शरणार्थीहरुलाई हाल सम्म पहिलाको जस्तै गरि कुनै पनि राहत वितरण गरिएको छैन । यसअघि मात्र सो क्याम्पको सेक्टर ए ३ मा आगलागि हुदाँ दूइ लाख वरावरको राहत दिएको थियो भने शरोकारवालले पनि धेरै खालका राहत वितरण गरेका थिए ।

छाप्रा ब्यवस्थपन नभएपछि शरणार्थीहरु कि्रपाल मुनि प्रचण्ड घाम र सिमसिमे पानीले गर्दा विरामी भएको आम्ला नेपालका प्रतिनिधिले जानकारी दिएका छन् ।

आगलागिबाट १३ वाट छाप्रा जलेर नष्ट ५वाट भत्काएका र ३ वटा समन्य भत्काएका गरि २१ छाप्राका १६० जान परिवार विस्थापित भएका थिए ।

No comments:

Post a Comment