Friday, January 29, 2010

युवा मैत्री केन्द्र निर्वाचन

आज पूर्वी भूटानी शरणार्थी शिविर गोलधाप, टिमाई र खुदुनावारी शिविरको युवा मैत्री केन्द्रका निम्ति १८ देखि २५ बर्षसम्मको यूवाहरुविच कारितास नेपालले निर्वाचन २०१० गराएको छ

  प्रत्येक  शिविरबाट केन्द्रीय सदस्यताका लागि १६ जना समिति रहने छन् भने यसपालिदेखि समानुपातिक निवार्चनबाट दुई  असहाय तथा विपाङ्गतालाई पनि सहभागिता गराएको कार्यक्रम संयोजक फादर पिटर जोङ्ग लोप्चा एस.जेले बताउनु भयो ।
तिन शिविरबाट विभिन्न क्षेत्रमा प्रजातान्त्रिक परिपाटिबाट निर्बाचित भएका उमेदवारहरुको नामावली यसप्रकारको छ ।


गोलधाप शिविर संयोजकमा
 १. सागर होमागाई २ सुनिता र्राई
खुदुनावारी शिविर
१. विष्णु माया गुरुङ्ग २. खड्का गुरुङ्ग

टिमाई शिविर
१. हेम राज गुरुङ्ग २. टिका माया गुरुङ्ग

यसै गरी अन्य पद Event, outreach, Social, Arts and Music, Peer educator, Sports and Games coordinator मा जम्मा १४ जनाको समिति रहन्छ जसले संयोजकलाई सहयोग गर्ने तथा समाजमा परिवर्तनका शिक्षा दिने कार्यक्रम रहन्छ ।
भोली शनिश्चरे शिविर र बेलडागी २,३मा निवार्चन हुन्छ भने पर्सी बेलडागी-१मा हुने फादर पिटरले जानकारी दिनु भएको छ ।

No comments:

Post a Comment