Thursday, January 28, 2010

अग्निपिडितको विजोग

भूटानी शरणार्थी शिविर बेलडाँगी १को सेक्टर ए/३ छाप्रा नं.४७६बाट बुधबार राति पौने दश बजे निस्केको आगोले २८ छाप्रा जलेर नष्ट भएको थियो भने ४८ वटा छाप्रा भत्काएको थियो । आगलागीले करिबन ४५० जनसंख्या शिविरबाट विस्थापित भई शिविरका विद्यालयहरुमा शरणागत भएका थिए तर तत्काल शरणार्थी शरोकारवालाहरुले उनीहरुलाई राहत वितरण गरि पिडामा मलहम लगाउने कार्य गरेको थियो ।
आगलागी भएका छाप्राहरू हाल पुनर्निर्माण गर्ने काम भइरहेको छ तर यूएनएचसिआर र लुथरन विश्व फेडेरेसन तथा नेपाल सरकारका प्रतिनिधिहरुविच भएको निर्णयबाट विस्थापितमध्ये २९ छाप्रालाई मात्र त्यस ठाँउमा पुनर्स्थापित गरिने र बाँकी ३० छाप्रालाई तेश्रो मुलुक पूनर्वासका कारण खाली भएका छाप्राहरुमा राखिने बेलडाँगी १का शिविर प्रमुख हर्क बहादुर राईले जानकारी दिनु भयो ।



सो निर्णयका विरूद्धमा अग्निपिडितले एक प्रेश विज्ञप्ति निकाली आपत्ति जानएका छन् । विज्ञप्तिमा अग्निपिडितलाई सोही ठाँउमा सबै छाप्राहरू निर्माण गरि पुनर्स्थापित गराइनु पर्ने तथा राहत दिइराख्नु पर्ने, त्यसो गर्न नसके स-सम्मान स्वदेश फिर्तीको बन्दोवस्त गराउनु पर्ने जस्ता मागहरु राखेका छन् राख्दै सरोकारवालहरुको निर्णयलाई अग्निपिडितले ठाडै अस्वीकार गरेका छन् ।
अग्निपिडितका लागि निर्माण सामग्री - बाँस, सिरु आदि क्याम्प ब्यवस्थापन समितिको कार्यालय अगाडि थुपारिराखिएको छ । निर्माण सामग्रीका सप्लायर एसोसिएसनका अध्यक्ष लेखनाथ बराल बताउछन् - हिजोदेखि आगलागि पिडितलाई वितरण गर्न भनी ल्याउन लगाएको तर कार्यालयले छिनमै निर्णय परिबर्तन गरेकोमा बरालले दुःख ब्यक्त गरेका छन् ।
आज क्याम्प ब्यवस्थापन समितिको कार्यलयमा प्रकोप ब्यवस्थापन समितिले एक बैठक गरी समितिलाई विघटन गरेका छन् भने सरोकारवालाहरुले अन्य दुइ समिति पनि निर्माण गारेका छन् । एकमा सिफारिस समिति, यो समिति क्याम्प ब्यवस्थापन समितिका सचिब टिबी गुरुङको संयोजनमा रहने छ भने छाप्रा ब्यवस्थापन समिति - यो लुथरन विश्व फेडेरेसनका क्याम्प अधिकृतको संयोजनमा रहने क्याम्प सचिब गुरुङले बताउनु भएको छ ।
समितिले पूनर्बास भएका छाप्राहरुमा अग्निपिडित शरणार्थीहरुलाई ब्यवस्थित गर्ने निर्णयलाई अगाडि सारेको छ, त्यसमा अग्निपिडित शरणार्थीलाई सबै राहत दिइने ब्यवस्था मिलाइएको छ भन्छन् क्याम्प अधिकृत हदनारायण चौधरी ।
अग्नीपिडित शरणार्थीहरुले आज शिविर सचिब कार्यालयमा गई यी सबै निर्णयलाई फिर्ता लिन आग्रंह गरेका छन् भने उनीहरुको नाममा उठेका राहत सम्बन्धमा विस्तृत विवरण समेत माग गरेको अग्नीपिडीत शरणार्थी कर्ण बहादुर राईले जानकारी दिएका छन् ।

No comments:

Post a Comment