Monday, January 25, 2010

यूवा मैत्री केन्द्रको चुनाव हुने

यूवा मैत्री केन्द (YFC) ले २०१० को निर्वाचन यहि जनवरी २९ र ३० तारिकका दिन सात शिविरमा गर्ने भएको छ ।
२९ तरिकका दिन पूर्वी भुटानी शरणार्थी शिविर गोलधाप, खुदुनावारी, टिमाईमा हुनेछ भने ३० तारिकका दिन शनिश्चरे, बेलडाँगी १,२ र ३ क्याम्पमा हुने युवा मैत्री केन्द्रका कार्यक्रम संयोजक फादर पिटर जोङ लेप्चा एस.जे ले बताउनु भएको छ ।
प्रत्येक वर्ष हुने निर्वाचनमा १६ जनालाई प्रत्यक्ष रुपमा निर्वाचन गराईन्छ । प्रजातान्त्रिक रुपमा हुने निर्वाचनमा १८ बर्षमाथि र २५ बर्ष मुनिका यूवायुवतीहरुको सहभागिता रहेको हुन्छ । हरेक कार्यहरु कारितास नेपाल अर्न्तगत यूएनएचसिआरको सहयोगमा शरणार्थी शिविर भित्रका युवाहरुलाई शिप विकाश, समाज परिवर्तन जस्ता कार्यमा सहकृया गराई शिविरलाई शान्त बनाउने उद्देश्यले २००६मा यसको स्थापना गरिएको कार्यक्रम संयोजक बताउनु हुन्छ ।




दर्ता भएका भूटानी शरणार्थी युवाले मात्र यस निर्वाचनमा सहभागिता लिन पाउने नियम रहेको छ । हाल पूनर्वासपछि सात शिविरमा जम्मा गरि २५ हजार बढि यूवाहरुको केन्द्रमा सदस्यता रहेको छ ।
शिविरबाट निर्वाचित हुने पदहरु यस प्रकारका छन्
१. संयोजक - २ जना (एक महिला, एक पुरूष)
२. तत्काल संयोजक – (Event Coordinator) - २ जना (एक महिला, एक पुरूष)
३. Peer Educators - ४ जना (२ महिला, २ पुरूष)
४. समाजिक सहजकर्ता - २ जना (एक महिला, एक पुरूष)
५. बाह्य सहजकर्ता - २ जना (एक महिला, एक पुरूष)
६. Arts and Music संयोजक - २ जना (एक महिला, एक पुरूष)
७. Games and sports –२ जना (एक महिला, एक पुरूष)

तर क्याम्प ब्यवस्थfपन समितिको निर्वाचन भने कहिले हुने भन्ने बारेमा सम्बन्धित निकाय पूर्ण रुपमा जानकार नरहेको शिविर सचिबहरु बताउँछन. । नयाँ वर्ष भित्रिने वित्तिकै शिविर प्रतिनिधिहरुको मनमा खुशी छाउने गरेको छ, सेवा नै धर्म हो भनेर होला ।

अर्जुन

No comments:

Post a Comment