Sunday, January 24, 2010

शरणार्थी सेरोफेरो

आवेदन दिएर तेस्रो मुलुक पुर्नवास भएका भुटानी शरणार्थीहरुले पुर्नवास भएकै मुलुकहरुबाट समेत स्वदेश फिर्तिको आन्दोलन शुरु गरेका छन ।आन्दोलन सुरु गरेका भुटानी शरणर्थीहरुले तेस्रो मुलुक पुर्नवास भुटानी नागरीकको उद्देश्य नभएको र पुर्नवासले शरणार्थी समस्या समाधान नहुने ठहर समेत गरेका छन् । स्वदेश फिर्तीको लागि भुटानी सरकारलाई दवाव दिनुको साटो पश्चिमी धनी देशहरुले शरणार्थीको मनोभावना विपरित पुर्नवासको प्रकृया थालेकाले पुर्नवास भएकै मुलुकबाट त्यस्तो आन्दोलन शुरु गरिएको केहि महिनाअघि अमेरिका पुर्नवास भएका एक भुटानी शरणार्थीले जनाएका छन्।उनले स्वदेश फिर्तिको आन्दोलन बुलन्द पार्न पुर्नवास भएका सातबटै मुलुकमा आन्दोलन समिति गठन भईसकेको जानकारी दिएका छन्। उनले अबको केहि दिनमै पुर्नवास भएका मुलुकमा स्वदेश फिर्तीको माग गर्दै शान्तिपूर्ण र्‍याली निकाल्ने तयारी भइरहेको खुलासा गरेका छन्।उनले र्‍याली शान्तीपूर्ण हुने र त्यसमा हस्तक्षेप नगर्न समेत आन्दोलन समितिले त्यहाको सरकारलाई जनाइसकेको वताएका छन् ।आन्दोलन समितिले केहि दिनअघि विज्ञप्ति निकालेर आफुहरुको स्वदेश फिर्ती आन्दोलनमा सहयोग गरीदिन विश्व समुदायलाई अपिल समेत गरिएको उनले जनाएका छन् ।आफ्नो परिचय नखुलाई दिन आग्रह गर्दै उनले भुटानको जोताहा प्रवृतिको विरुद्ध तेस्रो मुलुकवाटै विद्रोह गर्ने चेतावनी पनि दिएका छन् । झापा मोरङका विभिन्न सातवटा शरणार्थी शिविरवाट अमेरीका अष्ट्रेलिया, नर्वे, क्यानाडा, डेनमार्क, न्युजिल्याण्ड र नेदरल्याण्डमा २७ हजार भुटानी शरणार्थि पुर्नवास भइसकेका छन् ।तेस्रो मुलुक पुर्नवासका लागि ८० हजार ७ सय २८ जनाले अभिरुचि देखाएर आवेदन दिएपनि सयौं शरणार्थी भुटान नै फर्काइनु पर्ने अड्डी कसेर वसेका छन् ।




भुटानी शरणार्थी स्वदेश फिर्तीका लागि सघाइ दिन नेपाल सरकारले भारतसँग आग्रह गरेको छ ।चार दिने भारत भ्रमण सकेर अस्ति नेपाल फर्केका गृहमन्त्री भिम रावलले भुटानी शरणार्थीको स्वदेश फिर्तीका लागि सघाउन भारतसँग आग्रह गरेका वताउनु भयो । गएको मंगलबार गृह रावलले भारतीय विदेश मन्त्री एस. एन. कृष्णासँग यस्तो आग्रह गरेका हुन् । भुटानी शरणार्थीहरूको घरफिर्तीका लागि सहयोग गर्न रावलले गरेको आग्रहप्रति भारतीय विदेश मन्त्रीले सकारात्मक जवाफ दिएको जनाइको छ ।





विश्व शान्ति, पितृ उद्धार तथा शिविर बाहिरका वालवालिकाका सहयोगका लागि झापाको खुदुनावारी शिविरमा लगाइएको सप्ताह सम्पन्न भएको छ । शिविर व्यवस्थापनका सचिव भानु ढुङ्गानाले लगाएको सप्ताहको यज्ञस्थल बनाउन भुटानको माटो र पानी प्रयोग गरिएको बताए ।





झापाको गोलधाप शरणार्थी शिविरका ८ कक्षाका विद्यार्थी कालगि व्लुमिङ्ग लोटस अंग्रेजी स्कूलले वेलुकी अढाइ अतिरिक्त कक्षा पढाउन शुरु गरेको छ । वेलुका साढे छ देखि ८ बजेसम्म चल्ने कक्षामा पढ्न खाना खाएर आठ कक्षाका सवै १५१ विद्यार्थी जम्मा हुने गरको स्कूलका प्रधानाध्यापक डिल्लीराम दहालले बताउनु भएको छ ।




भुटानी प्रधानमन्त्री जिग्मे वाइ थिन्लेले भारतका पूर्वोतर क्षेत्रका विद्रोहीले अवदेखि भुटानमा शिविर खडा गरेर बस्न नसक्ने बताएका छन्। माओवादीले पटक पटक भुटानी नागरिकलाई धम्की दिएको भन्दै भुटानी प्रधानमन्त्रीले त्यसका विरुद्ध लडाइ गर्न भुटान सक्षम भएको बताएका छन् ।

अस्ती बुधवार इन्डो एसियन न्यूज सर्भिससँगको कुराकानीमा थिन्लेले यस्तो कुरा बताएका हुन् ।




जापानले भुटानलाई ६ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । भुटानको ग्रामीण क्षेत्रमा सडक बनाउन भन्दै २ वर्षीय परियोजनाका लागि जापानले उक्त सहयोग गर्ने बताइएको छ ।


दैनिकी र अन्य

No comments:

Post a Comment