Tuesday, January 5, 2010

शिपमूलक तथा ब्यक्तित्व विकास तालिम सम्पन्न


भूटानी शरणार्थीको शैक्षिक सहायता संस्था कारितास नेपालको आयोजनामा "शिपमूलक तथा ब्यक्तित्व विकास" सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी आज दमकमा सम्पन्न भएको छ ।
गोष्ठीमा भूटानी शरणार्थी शिविरका उच्च माध्यमिक विद्यालयमा अध्यनरत र १८ वर्षदेखि माथिका युवाहरु, जो वर्तमान परिप्रेक्ष्यमा शरणार्थी सरोकारवालाको सहयोगमा शिविरबाहिर गएर शिपमूलक कार्यक्रम सिक्दै आएका छन्, उनीहरुलाई नै आधार बनाएर अभिमुखीकरण तालिम गराइएको हो । सात शिविरका १६० जना शरणार्थीलाई सो तालिम दिने योजना रहेको छ । हाल कारितास अर्न्तगत झापामा विभिन्न इन्ष्टिच्यूटहरूले शरणार्थी विद्यार्थीलाई शिपमूलक कार्यक्रम दिँदै आएका छन् । त्यस मध्ये लेखासम्वन्धी, स्काफोल्डिङ्ग, हाउस वाइरिङ्ग, प्लम्विङ्ग, एडभान्स कम्प्यूटर का साथै अन्य जीवन उपयोगी तालिममा सहभागि भएकाहरूका लागि सो तालिम प्रदान गरिएको हो ।

सो अभिमुखीकरणमा आफुले आफुलाई कसरी चिन्ने, कसरी लगनशील/जिम्मेवारी बन्ने लगायत जीवनलाई चार वर्गिकरण गरि जीवनको खास उत्तर-संघर्षमा मात्र हुन्छ भने जस्ता शिक्षा कारितास नेपाल अन्तर्गत सञ्चालित युवा मैत्री केन्द्रका कार्यक्रम संयोजक फादर पिटर जोङ्ग लेप्चा एस जे, चन्द्र सूर्य शिप विकास संस्थाका निर्देशक विष्णु अधिकारी र पाथिभरा पोली टेक्निकल इन्ष्टिच्यूटका शिक्षक कृष्ण साह लगायतले सहजीकरण गर्नु भएको थियो ।

गोष्ठीलाई यूएनएचसीआरले आर्थिक सहयोग गरेको थियो भने युवा मैत्री केन्द्रले सञ्चालन गरेको शिपमूलक कार्यक्रमका संयोजक राम प्रसाद दासले जानकारी दिनु भयो । गोष्ठीमा ९० जना विद्यार्थीको सहभागीता रहेको समेत उहाँले जानकारी दिनु भएको छ । सो गोष्ठी पूर्वी शिविरमा पनि सञ्चालन गर्ने योजना रहेको छ ।

अर्जुन

No comments:

Post a Comment