Thursday, January 7, 2010

दीपाको समुच्च चिन्तन




हङकङमा बसेर नेपाली साहित्य सिर्जनामा लाग्नु भएकी झापा दमककी स्रष्टा दीपा एवाई राईले   समुच्च विचार नामक नयाँ चिन्तन अघि बढाएकी छिन्  ।
गन्तव्य थियटरको आयोजनामा दमकमा सम्पन्न कार्यक्रममा राईले अघि सारेको नयाँ चिन्तनको विषयमा चर्चा परिचर्चा गरिएको छ । कार्यक्रममा कवि कृष्णभूषण बलले नयाँ चिन्तनहरु जीवनका लागी सार्थक हुनु पर्नेमा जोड दिँदै भने “कुनै पनि चिन्तन जन्मनु ठूलो कुरा होइन, त्यसलाई जिवन्तता दिनु मूल कुरा हो” ।
, प्रा.डा टंक न्यौपानेले कार्यक्रममा बोल्दै चिन्तन लिएर अघि बढेको सम्भवत पहिलो महिला स्रष्टा भएको हुन सक्ने बताएका छन् । “हालसम्म नेपाली साहित्यमा पछिल्लो समयमा आएका ५ वटा चिन्तनलाई समेट्ने गरी दिपाबाट समुच्च चिन्तन आएको छ । महिला वर्गको नेतृत्व गर्दै यस्तो चिन्तन अघि बढ्नु अत्यन्त खुशीको कुरा हो ।” न्यौपानेले भने । राईको चिन्तन र हालै प्रकाशित सोही चिन्तनमा आधारित कविता कृति अर्धवृत्तमाथि संगीतकार मणिकमल क्षेत्री, साहित्यकारहरु डा. बद्रीविशाल पोखरेल, कृष्ण बराल, मनु मन्जिल, प्रकाश आङदेम्बेले समेत चर्चा गरे । यसअघि सो संग्रहको काठमाण्डौमा लोकार्पण भइसकेको छ ।



स्रष्टा राईले साहित्यमा समग्र कुराहरुलाई उठाइनु पर्ने र त्यसमा पनि महिला वर्गको चेतना प्रष्फुटन गराउन आवश्यक रहेको चिन्तन अघि सार्नु भएको छ । कार्यक्रममा साहित्यकार मायामितु न्यौपाने र लीला अनमोलले सोही चिन्तनलाई अघि बढाउँदै लेखिएको सो संग्रहका कविता वाचन गरेका थिए ।

No comments:

Post a Comment