Thursday, December 3, 2009

सेरोफेरो


झापाको दमकस्थित भूटानी शरणार्थी शिविर बेलडाँगी १ मा नेपाल, भूटान र भारतका स्रष्टाहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भूटानी स्रष्टा याम थुलुङको निवासमा सम्पन्न कार्यक्रममा भारतस्थित दार्जिलिङका वरिष्ठ संगीतकर्मी मणिकमल क्षेत्रीको प्रमुख आतिथ्य रहेको थियो ।
प्रमुख अतिथि क्षेत्री, भूटानका संगीतकर्मी चन्द्र दियाली, प्रविन दियाली, सुरेश राई, विवेक दियालीले आ-आफना देशको गीत संगीतको विषयमा अन्तरक्रिया गर्दै गीत प्रस्तुत गर्नुभयो ।
नेपालको तर्फबाट स्रष्टाहरु प्रकाश आङदेम्बे, मायामितु न्यौपाने, भूपेन्द्र तिम्सिनाले भूटानी शरणार्थीको सिर्जना तथा पूर्वाञ्चलको साहित्यिक एवं सांगितिक माहोलको विषयमा धारणा राख्नु भयो । कार्यक्रममा भूटानी स्रष्टाहरु आइत गूरुङ, बुद्धीमाया भुजेल, हेम गुरुङ, अर्जुन प्रधानलगायतले समेत सहभागिता जनाएका थिए ।


विश्व अपांग दिवसको अवसरमा झापा र मोरङका सात शिविरमा आज विभिन्न कार्यक्रम सम्पन्न भएका छन् ।
शरणार्थीको सहयोगी संस्था कारितास नेपालको आयोजनामा शिविरहरुमा गीत नृत्य, नाटक प्रस्तुती र मन्तव्यको कार्यक्रम सम्पन्न भएका हुन् ।
अपांगलाई सबलांग सरह व्यवहार गरिनु पर्ने कुरामा जोड दिँदै नेपाल सरकार, युएनएचसीआर, कारितास लगायतका संस्थाका प्रतिनिधीहरुले कार्यक्रममा मन्तव्य राखेका छन् । झापाको बेलडाँगी १ मा भएको कार्यक्रममा सो शिविरका शरणार्थी समन्वय इकाइका सहायक हर्क राईको प्रमुख आतिथ्य रहेको छ ।

यसबर्षो भुटानी शरणार्थी बाल तारा प्रतियोगिताको ताज बालकतर्फ बेलडाँगी १ का १३ बर्षीय प्रबिण दियालीले र बालिकातर्फ बेलडाँगी २ की सञ्चमायाँ तामाङ्गले पहिरिए ।
भुटानी शरणार्थी बाल मञ्चले आयोजना गरेको त्यो प्रतियागिताको गत शनिबार भएको अन्तिम श्रृङखलामा सातै शिबिरका एक बालक र एक बालिका गरि १४ स्पर्धी थिए ।
सहायता संस्था राष्ट्र संघीय शरणार्थी आयोग, लुथरन बिश्व महासंघ , कारीतास लगायतको सहयोगमा भएको त्यो प्रतियोगितामा सातै शिबिरका ९ देखि १४ बर्षबिचका दुइ सय ८८ शरणार्थी बालबालीकाले भाग लिएका थिए ।
प्रतियोगिता एक महिनादेखि चलेको थियो ।
शनिश्चरे शरणार्थी शिबिरको खेल मैदानमा भएको त्यो बाल सांगीतिक प्रतियोगितामा भारतीय नेपाली भाषी संगीतकार मणिकमल क्षेत्री निर्णायक हुनुहुन्थ्यो ।


भुटान पिपुल्स पार्टीका केन्द्रिय सदस्य ठगबहादुर थापाको परिवार सशस्त्र प्रहरीको बिशेष सुरक्षा गाउँमा बस्न थालेको छ ।
शिविरमा बिभिन्न समुहको नाममा जारि भएका पर्चामा ज्यानै लिने धम्की आएपछि थापा परिवारका सबै सात जना बेलडाँगी २ को आफ्नो छाप्रो छोडेर बेलडाँगी १ शिविरमा निर्मित सुरक्षा गाउँमा गएको २५ नोभेम्बरदेखि बस्न थाल्नु भएको छ ।
शिविरको वातावरण बसिनसक्नु भयो भनेर बिशेष सुरक्षा स्थलमा बर्साई सर्ने उहाँ पहिलो भुटानी राजनीतिक कर्मी बन्नु भएको छ ।
सशस्त्र प्रहरीको २४ घण्टे सुरक्षा गाउँमा बेलडाँगी ३ शरणार्थी शिविरका पूर्व सचिव सुवास आचार्यको परिवार पनि केही सातादेखि बसिरहेको छ ।
गएको २३ भदौमा बेलडाँगी ३ का पूर्व सचिव केबी खड्काको ज्यान लिइएपछि ड्रुक लियोपार्ड नामक संगठनले त्यो घट्नाको जिम्मा लिनुका साथै थापा, आचार्य सहित आठ शरणार्थी अगुवालाई शिविर नछोडे ज्यान लिने धम्की दिए पछि शिविरहरुमा त्रास बढेका हो ।

No comments:

Post a Comment