Monday, November 9, 2009

अष्ट्रेलियनल खाद्यान्न सहयोग

अष्ट्रेलियन सरकारको समुद्रपार सहयोग कार्यक्रमले भुटानी शरणार्थीहरुको खाद्यान्न सहयोगका लागि राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई पाँच लाख अष्ट्रेलियन डलर (झण्डै साढे तीन करोड रुपैंया) प्रदान गरेको छ । नब्बे हजारको हाराहारीमा सात शिविरमा रहेका शरणार्णीहरुका लागि उक्त रकमले २० दिनको खाद्य आपूर्ति गर्नेछ ।
नेपालका लागि अष्ट्रेलियन राजदुत सुसन ग्रेसका अनुसार
- “आगामी पाँच वर्षभित्रमा पाँच हजार भुटानी शरणार्थीलाई पुनर्वास गराएर अष्ट्रेलियाले दीर्घकालीन समाधानका लागि पनि योगदान गरिरहेको छ ।”
“समयमै गरेको योगदान र शरणार्थीहरुका लागि गरिरहेको सहयोगका लागि हामी अष्ट्रेलिया सरकारप्रति एकदमै आभारी छौं ।” विश्व खाद्य कार्यक्रममका नेपाल प्रतिनिधि रिचर्ड रेगनले भने । उनले अगाडि थपे - “दुइ हप्ते छोटो आधा खाद्यान्न कटौतिपछि शरणार्थीहरुलाई पूरै खाद्यान्न वितरण गर्न हामी फेरि सक्षम भएका छौं ।”
नेपाल सरकारको अनुरोधमा सन् १९९२ देखि संयुक्त राष्ट्र संघको शरणार्थी सम्वन्धी संस्था युएनएचसीआर सँगको समन्वयमा विश्व खाद्य कार्यक्रमले शरणार्थीहरुका लागि खाद्यान्न सहयोग गर्दै आएको छ ।
(भुटान समाचार सेवाबाट)

No comments:

Post a Comment