Wednesday, November 25, 2009

शरणार्थी सन्देश




महिला हिँसा विरूद्ध चेतना दिने कार्यक्रम आज भुटानी शरणार्थी शिविर शनिश्चरेमा शुरू भएको छ । उक्त अवसरमा शरणार्थी विद्यार्थीहरू र अंग्रेजी भाषा सिक्ने विद्यार्थीहरू सहभागी भएको र्याली समेत गरिएको थियो । कार्यक्रम दिप प्रज्ज्वलन गरि उद्घाटन गरिएको थियो । उक्त कार्यक्रमका सभापति शिविर सचिव चन्द्रसिंह राइ हुनुहुन्थ्यो भने प्रमुख अतिथि दिगो समाधान सहायक अधिकारी (Assistant Durable Solution Officer) सुशील कार्की रहनु भएको थियो । शनिश्चरे शिविरको आयोजना तथा युएनएचसीआरको प्रायोजकत्वमा भएको उक्त कार्यक्रममा साँगितिक तथा प्रतियोगितात्मक चित्रकला प्रदर्शनी पनि गरिएको थियो । सो कार्यक्रम आजदेखि १६ दिनसम्म चल्ने बताइएको छ ।





खुदुनाबारी शरणार्थी शिविरका शिक्षकहरुलाई धम्क्याएको अभियोगमा त्यहाँका तीन शरणार्थी युवा पक्राउ परेका छन् ।

गएको सोमबार पक्राउ पर्नेहरुमा खुदुनाबारी शिविरको सेक्टर डि १ का अजित सेन्चुरी, मणिकुमार बिश्व र सेक्टर डि४ का प्रविण अधिकारी रहेका छन् ।

उनीहरुले त्यहाँका केही शिक्षकहरुलाई हस्तलिखित पर्चा मार्फत ब्यवहार नसुधारे ज्यान लिने धम्की दिएको प्रहरीले जनाएको छ । तर पर्चामा कुन ब्यवहार भनेर खुलाइएको भने छैन ।





तीन दिनअघि शुरु भएको शरणार्थी शिविरका बिज्ञान शिक्षकहरुको तालिम आज सकियो
शरणार्थीको शैक्षिक सहायता संस्था कारितासले दमकमा आयोजना गरेको त्यो तालिममा सात वटै शिविरका ४५ शिक्षक शिक्षिका सहभागी थिए ।

शिक्षण कला र सिकाई केन्द्रित तालिममा शैक्षिक प्रशिक्षण केन्द्र झापाका प्रशिक्षकहरु चन्द्र प्रसाद घट्टर्राई र महेन्द्र बिलास लुइंटेल स्रोत ब्यक्ति हुनुहुन्थ्यो ।


अब लगत्तै मर्नाइने बिभिन्न पाँच अन्तराष्ट्रिय दिवसको तयारी झापा र मोरङका सात शिबिरमा अन्तिम चरणमा पुगेको छ ।

त्यसरी मनाइने दिबशहरुमा २५ नोभेम्बरको अन्तराष्ट्रिय महिला दिबश, डिसेम्बर १ को एचआईभी एड्स बिरुद्धको अन्तराष्ट्रिय दिबश, ३ डिसेम्बरको अपाङ्गता बिरुद्धको अन्तराष्ट्रिय दिबश, ५ डिसेम्बरमा पर्ने बिश्व स्वयं सेबक दिबश र १० डिसेम्बरको अन्तराष्ट्रिय मानब अधिकार दिबश रहेका छन् ।

१६ दिन भित्र पर्ने यी दिबशहरुलाई महिलामाथि हुने हिसां बिरुद्ध केन्द्रित कार्यक्रमको रुपमा मनाउने राष्ट्र संघीय शरणार्थी आयोगको दमक कार्यालयका बाह्य सर्म्पर्क सहायक बिमलबाबु खत्रीले बताउनु भएको छ ।

No comments:

Post a Comment