Tuesday, November 24, 2009

सम्वन्ध सुधारका लागि तालिम

भुटानी शरणार्थी र शरणार्थी प्रभावित क्षेत्रका बासिन्दबीचको सम्बन्ध सुधार गर्न दमक र भद्रपुरमा मेलमिलाप तथा सरसफाई सम्बन्धि तालिम आयोजना गरिएको छ ।


शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोग र लुथरन विश्व फेडेरेसनको आर्थिक र प्राविधिक सहयोगमा ती तालिम आयोजना गरीएका हुन् ।

दमकमा स्थानिय आयोजक हंम्सेदुम्से दुम्से वनले गरेको आज संम्पन्न सरसफाई सम्बन्धि तालिममा शरणार्थी र स्थानिय बासिन्दा समेत तीस जना सहभागि थिए ।

यसै गरि नेपाल बार एसोसिएसनले गरेको तालिममा पहिलो चरणमा १५ जना सहभागि भएको बेलडाँगी १ शिविरका सचिव टिबी गुरुङले बताउनु भयो । शरणार्थी र स्थानियवासी बीचको सम्बन्ध बिग्रन नदिन दाता संस्थाले हरेक वर्ष विविध कार्यक्रम गर्दै आएका छन् ।

No comments:

Post a Comment