Monday, November 23, 2009

कलाकार केदार उप्रेतीसँगको वार्तालाप


नेपाली कला सँस्कृतिको उत्थानका लागि शरणार्थी शिविरमा रहेर पनि अहोरात्र खटिनु भएका भुटानी कलाकार केदार उप्रेतीले नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा आफ्नो एउटा छुट्टै परिचय स्थापित गरिसक्नु भएको छ । करीव एक दशक अघिदेखि कलाकारिताको क्षेत्रमा लाग्नु भएका उप्रेती हालसम्म दशवटा भन्दा बढि चलचित्रमा विभिन्न विधामा संलग्न रहिसक्नु भएको छ । नेपाली चलचित्र जगतमा उहाँ एउटा अभिनय मात्र नभएर लेखन तथा निर्देशनतर्फ पनि कृयाशील हुनुहुन्छ । यिनै प्रतिभाशाली व्यक्तित्व केदार उप्रेतीसँग हाम्रा सहयोगीद्वय अर्जुन तथा लाक्पा तामाङ्गले उहाँकै निवास शनिश्ररे शरणार्थी शिविर सेक्टर इ १,/ छाप्रा नं. १३ मा गर्नु भएको संक्षिप्त कुराकानी




वर्तमान समय कसरी विताउँदै हुनु हुन्छ ?
शिविर ब्यावस्थापन समिति अर्न्तगत प्रशासन विभागको प्रमुख एवं संयुक्त शान्ति समितिको कार्यकर्ता भएकोले समाजिक काममा ब्यस्त छु भने आफ्नो कलाकारिता क्षेत्रमा पनि सक्रिय छु ।

तपाईलाई दर्शकहरुले लेखक/निदेशक तथा नव नायकको रुपमा चिन्दछन् । शिविरभित्र रहेर कतिवटा चलचित्र निर्माण गर्नु भयो ?
संयुक्त लगानीमा तीनवटा र ब्यक्तिगत रुपमा दुइवटा गरि पाँचवटा निर्माण भएका छन् भने चारवटा लेखन र एघार वटामा आफ्नो अभिनय प्रस्तुत गरिसकेको छु र थप गर्दै पनि छु । त्यसमा झुपडीको जिन्दगी, टुक्रिएको मुटु, भाग्यको खेल, नशा, अस्तित्वको लडाई आदि ।


The Pathetic Exile को खास - किन प्रदर्शन नगरेको ?
- हेर्नुहोस The Pathetic Exile एक मात्र भूटानीहरुको विगत, वर्तमान र भविष्यको इतिहास बोकेको यथार्थ एउटा दस्तावेज हो र यो अहिलेको अवस्थामा वाहिर निकाल्ने सहमाति छैन । पछि हामी प्रदर्शनमा ल्याउने छौं ।
आफैं नायकको भूमिकामा सानो तथा ठूलो पर्दामा निस्कँदा, लगानीपछि आम्दानी कस्तो रहन्छ ?
- भविष्य अन्यौल हुँदाहुँदै पनि डटेर लागि परिंदैछ, कला र कलाकारिताको संरक्षणमा निरन्तर संर्घष गरि रहेको छु तर लगानी अनुसार प्रतिफल नभएपनि दाम भन्दा नाम कमाइ राम्रो छ ।


नेपाली कथानक चलचित्र "अस्तित्वको लडाईं"मा भूटानी कथा ब्यथा समेटिएको छ ?
- खासै यस चलचित्रमा भूटानी कथाब्यथा चाहिँ छैन तर हामी कलाकारले नेपालको परिवर्तित समयमा देखेका कथा अनि लाखौं नेपालीले झेल्नु परेको एउटा नयाँ कथा मात्र छ । त्यसबाट नयाँ विचार निस्केको हुनाले भूटानमा पनि यस्तो लडाईं आवश्यक छ भन्दा फरक नर्पला ।
भूटानी कलाकारितालाई अब कसरी संरक्षण गर्न सकिन्छ होला ?
हुन त सबै सुरक्षित ठाँउमा पुग्नु भएको छ । प्रवासमा त पहिले देखि नै संरक्षण हुदै आएको हो र हामीले कलाकारिता सम्बन्धि ज्ञानगुण पाएर नै यस स्थानसम्म आइपुगेका हौं । कला र कलाकारिताको लागि कुनै पनि भुगोलले छेक्दैन भनिएको छ, जहाँ रहे पनि देशको लागि नभएपनि माटो र विश्वको लागि चाहि संघर्ष गरि सफलता कमाउने मेरो इच्छा रहेको छ ।

फिल्म निर्माणका लागि भावी योजना के कस्तो रहेको छ ?
भखर्रै मात्र विहानी कला केन्द्र अफ भूटानको विहानी नामक डकुमेन्ट्री निर्देशन गरिसकें भने अर्को पाँच मिनेटको रिफ्युजी डकुमेन्ट्रीको तयारीमा छु । यो चाहिँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको लागि तयार हुनेछ ।


अन्तमा तपाइका दर्शक तथा पाठकहरूका लागि केही केहि सन्देश छ कि ?
समुन्द्र, हावा र चरा अनि कालकारलाई कुनै पनि भुगोलले छेक्न सक्दैन त्यसैले हाम्रा सृजना, कला र सँस्कृतिलाई जहाँ रहे पनि भुल्नु हुँदैन । सदैव संरक्षण, सुरक्षा दिनु हाम्रोर् कर्तव्य हो र लुकेर बसेका प्रतिभालाई जहिले पनि अगाडि प्रस्तुत गर्नु पनि हाम्रो इतिहास र सँस्कृति जोगाउनु हो ।

No comments:

Post a Comment