Thursday, November 19, 2009

शरणार्थी सन्देश


हालसम्म २३ हजारबढी भुटानी शरणार्थी पुनर्बासमा तेस्रो देश गइसकेको संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयोगले जनाएको छ ।आयोगले दिएको जानकारी अनुसार पुनर्बास भएका २३ हजार दुइ सय १४ जना भुटानी शरणार्थी मध्ये बिस हजार तिनसय २७ जना अमेरिका लगिएका छन् ।यसैगरि अष्ट्रेलियामा नौ सय ५९ जना , क्यानडामा आठसय ९२ जना , नर्बेमा तीन सय १० जना , डेनमार्कमा तीन सय ५ जना, न्युजिल्याण्डमा दुइसय ९९ जना र नेदरल्याण्डमा एकसय २२ जना शरणार्थी पुनर्बासमा लगिएका छन् ।सात शिबिरमा रहेका एकलाख १० हजार भुटानी शरणार्थी मध्ये अहिले सम्ममा असी हजार चारसय ७७ जना शरणार्थीले पुनर्बासको इच्छा पत्र भरेको पनि बताइएको छ ।


जपानको युनि क्लो कम्पनीद्धारा उपलब्ध गराईएको कपडा शरणार्थी शिबिरका बालबालिका, बिद्यार्थी, बृद्धबृद्धा र फरक ढंगका सबलाङ्गहरुलाई बितरण गर्न थालिएको छ ।गएको हप्ता शनिश्चरे शरणार्थी शिबिरका त्यस्ता ६ हजार तिनसय शरणार्थीलाई एक एक थान कपडा बितरण गरिएको शनिश्चरे शरणार्थी शिबिरको न्यु होराईजन एकेडेमीका स्टोर किपर गणेश गुरुङले बताउनु भएको छ ।जपानको युनिक्लोले शरणार्थीलाई सहायतास्वरुप उपलब्ध गराएको कपडा सातै वटा शिबिरमा बितरण गरिने पनि आयोगले जनाएको छ ।



कारितासको युबा मैत्री केन्द्रले ब्यानर लेखन तालिम र चित्रकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।आउँदो शनिबार बेलडाँगी ३ शरणार्थी शिबिरमा शुरु हुने त्यो ६ दिने कार्यक्रममा शुरुका पाँच दिन ब्यानर लेखन तालिम चलाइने र अन्तिम दिन चित्रकला प्रतियोगिता गरिने कारितासको युबा मैत्री केन्द्र कार्यक्रमका उप संयोजक मनोरथ पोखरेलले बताउनु भएको छ ।तालिम र प्रतियोगितामा सातै शिबिरका एक एकजना महिला पुरुष गरि जम्मा १४ जना सहभागी रहने छन ।

No comments:

Post a Comment