Friday, August 7, 2009

डेढ वर्षमा १८ हजार पूनर्वास

पछिल्लो डेढ वर्षमा १८ हजार दुइ सय ३५ भुटानी शरणार्थी पूनर्वासमा तेस्रो देश गइसकेका छन् ।
शरणार्थी पूनर्वास गराइरहेको संस्था आइओएमले दिएको जानकारी अनुसार १६ हजार ६४ जना भुटानी शरणार्थी अमेरिकामा पूनर्वास गरिएका छन् ।
यसैगरी न्युजिल्याण्डमा २ सय ९४ जना, नेदरल्याण्डमा एक सय २७ जना, नर्बेमा २ सय ११ जना, डेनमार्कमा १ सय ७२ जना, अष्ट्रेलियामा ८ सय १३ जना र क्यानडामा ५ सय ५५ शरणार्थी पूनर्वास गइसकेका छन् ।
अहिले सम्ममा पूनर्वासको इच्छापत्र भरेका शरणार्थीको संख्या ७४ हजार नाघिसकेको छ ।
उता बिभिन्न चार भुटानी संगठनहरुले शुरु गरेको शरणार्थी घर फिर्ती फारम भराउ अभियानमा अहिले सम्ममा २२ हजार शरणार्थी सहभागी भइसकेको बताइएको छ ।
बैशाख २१ ग्ते त्यो अभियान अधिकारबादी संगठन हृयुरोव, भुटानी ज्येष्ठ नागरिक समूह, भुटान गोर्खा राष्ट्रिय मुक्ती मोर्चा र शरणार्थी स्वदेशफिर्ती कार्यक्रम परिषदले संयुक्त रुपमा शुरु गरेका हुन ।

No comments:

Post a Comment