Friday, August 7, 2009

सरकार समक्ष सुरक्षाको माग


राष्ट्रिय प्रजातान्त्रिक मोर्चा भुटानले भुटानी नेतृत्वमाथि सुरक्षा खतरा बढेको भन्दै नेपाल सरकार समक्ष बलियो सुरक्षाको माग गरेको छ । मोर्चाले हिंजो झापाका प्रमुख जिल्ला अधिकारीलाई दिएको ७ बुंदे ज्ञापन पत्रमा शिविरहरुमा नेतृत्व पंक्तीका खिलापमा चेतावनीमुलक पर्चा बितरण भएको सम्झाउंदै सुरक्षाको माग गरेको छ । मोर्चाले प्रजिअलाई दिएको ज्ञापन पत्रमा नेपालले शरणार्थी मामिला हेर्न स्थायी कार्यदल बनाउनु पर्ने, घरफिर्ती र स्थानीय समायोजन जस्ता शरणार्थी समस्या समाधानका बाँकी २ बिकल्प पनि खुल्ला हुनुपर्ने, पूनर्वासका कारण खस्किएको शरणार्थी शिक्षाको स्तर उकास्न समन्वयकारी पहल गर्नुपर्ने, अघिल्लो वर्ष बेलडाँगी २ र मेची पुलमा मारिएका ३ शरणार्थीको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग समेटिएका छन ।



No comments:

Post a Comment