Friday, August 7, 2009

रितामाथि कुटपिट


साथी भाई, छर-छिमैक, नाता गोता पर्ने आफ्न्तालाई शरणार्थीले पूनर्वासमा जानु अघिका दिन रातभरि गित,संगित,मारुनि आदि साँस्कृतिक कार्यक्रम गरि विदाई गर्ने प्रचलन अभियानकै रूपमा छ ।
हिजो राति पनि विदाइका हातमा मायाको चिनो लिएर कार्यक्रममा उपस्थित भएका शरणार्थी युवाहरु मदिराको तालमा रातभरि कराए, नाचे अनि १२ बजेपछि रितामाथि आक्रमणको शैलीमा अनुहारमा घुस्सा प्रहार गरि आँगनमा लडाई कुटपिट गरे भन्दै थिइन् ८५ बर्षिया हजूरआमा दिलमाया सुब्बा ।
घटना हो, विहिबार रातिको जहाँ भूटानी शरणार्थी शिविर बेलडागी-१,सेक्टर इ/२ छाप्रा न. २०९मा बस्ने २४ बषिर्या रिता सुब्वामाथि भएको आक्रमणको । सुब्बामाथि एक अज्ञात समूह जो भिम प्रसाद ढुङ्गेल ( इ/२-२०७)को परिवारलाई विदाई गर्न भनि ढुङ्गेलको छोरा दिपकसँग हुल कसिएर राती आएको थियो ।
त्यो समूहको प्रहारमा परि घाइते भएकी सुब्बालाई उपचारका लागि दमकको लाइफ लाइन लगिएको परिवारिक सोतले जनाएको छ ।
लागु पर्दथ सेवन गरि रातभरि छर-छिमेकीको घर चियाउने, छोरीचेलीमाथि सुमसुमाउने तथा अपारहणको योजन निर्माण गर्ने शरणार्थी युवाले अमेरिकामा भई रहेको घटनालाई शिविरमा पनि लागु गरेको जस्तो भएको सेक्टर प्रमुख जीवन अधिकारीले बताउनु भयो ।सुब्बाका परिवारले दोषीमाथि कार्यबाहीको माग गर्दै नेपाल सरकारका प्रतिनिधि, यूएनएजसिआर, क्याम्प ब्यावस्थापन समिति र सुरक्षा निकायमा निवेदन पेश गरेको बताइएको छ ।

No comments:

Post a Comment