Friday, August 7, 2009

आपत्ति प्रकट

एकजना कानुन अधिकारीले पूनर्वास भएर तेस्रो देश पुगिसकेको भुटानी शरणार्थीलाई नेपालले फेरि नेपाल आउने अनुमति दिन नहुने बताएका छन ।
कानुन सुधार आयोगका सदस्य लीला उदासीले त्यसरी पूनर्वास भइसकेको शरणार्थी पुनःनेपाल निर्वाध रुपमा आउजाउ गर्दा पूनर्वासको अर्थ र औचित्य बाँकि नरहने बताउनुभएको छ ।
६ महिना अघि अष्ट्रेलिया पूनर्वास भएका भुटानी अधिकारकर्मी रतन गजमेर केहीदिन अघि बिना अनुमति काठमाण्डौ बिमानस्थल आएको र नेपाल सरकारले गजमेरलाई तीस दिनको भिसा दिएपछि उदासीको यस्तो प्रतिक्रिया आएको हो । उता कतिपय भुटानी संघ संगठनले भने गजमेरले पुनः नेपालमा भिसा पाउनुलाई स्वभाविक मानेका छन् । भुटानी अधिकारवादी संगठन ह्यूरोवले पूनर्वास भएका सबै भुटानी शरणार्थीले इच्छाएको खण्डमा नेपालमा आउन पाउनु पर्ने जनाएको छ । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले शरणार्थीले पूनर्वास भएपछि नेपाल आउजाउ गर्न पाउनु स्वभाविक भएको जनाएको छ ।
पूनर्वास भई अष्ट्रेलिया गएका भुटानी अधिकारकर्मी रतन गजमेरलाई नेपाल सरकारले फेरि नेपाल बस्न भिसा दिएकोमा भुटान कम्यूनिष्ट पार्टी मालेमाले आपत्ति प्रकट गरेको छ ।
माका प्रवास समन्वय समितिका इन्चार्ज रक्तिमद्वारा हिजो जारी बिज्ञप्तिमा गजमेरले भुटानी जनताको आन्दोलनमाथि गद्धारी गरेको उल्लेख गरिएको छ ।
बिज्ञप्तिमा गजमेरले पूनर्वासको पक्षमा काम गरेको अभियोग पनि लगाइएको छ ।
उता शरणार्थी स्वदेश फिर्ती समिति लगायतका केही भुटानी संगठनहरुले भने गजमेरलाई नेपालले एक महिनाको भिसा दिएकोमा स्वागत गरेका छन ।

No comments:

Post a Comment