Tuesday, August 11, 2009

के कानुन र कानुन व्यवसायी भुटानीका खिलाफ नै हुन?


कुरो एउटा दम्पतीको मात्र होइन, पुनर्वासको होइन, व्यक्तिको होइन अनि होइन विचित्र घटनाको मात्र पनि - कुरो हो मानवीय सम्वेदना अनि आचरणको । जव आज आएर बजारमा सरेआम नाङ्गो नृत्य देखाउन थालियो तव त्यस ताण्डव नृत्यको शिकार हुने संघारमा उभिएर धरौटीमा बस्न बाध्य भए पुनर्वास भएका भुटानीहरु ।

कानुन व्यवसायी मित्रहरु, तिमीहरु कानुन बनाउने कारखाना नसम्झिनु आफूलाई र कानुनका ठेकेदार बन्न पनि नखोज्नु । किनकी कानुन व्यक्तिले भन्दा पनि चलन र प्रवृत्तिले चलेको मौसमी खेती हो । अनि कानुन भनेको व्यक्तिपिच्छे भन्दा पनि समग्रमा सवैलाई समेट्ने एउटा व्रम्हास्त्र हो भन्ने बुझ्नु आवश्यक छ । गाली किन गर्छ सुलसुले कानुनका खेतीवालालाई भने रतन गजमेरको गिरफ्तारी र रिहा अनि त्यसबाट उव्जिएको वादप्रतिवादको चर्चाले हो । तेस्रो मुलुकबाट रतन दम्पती नेपाल आए अनि गिरफ्तारीमा परे । सायद त्यो स्वभाविक होला सरकारले गर्ने कार्य तर जव रिहा भए तव कानुनका क्रषक अघि सरेर बोले - “त्यो दुर्भाग्य थियो रतनलाई एक महिनाको प्रवेशाज्ञा दिनु ।” कतिसम्म दुरासयपूर्ण अनि निन्दनिय अभिव्यक्ति दिन सक्छन् ती निकृष्ट सोचका व्यापारी कानुनका ? के अष्ट्रेलिया, अमेरिका इत्यादि देशमा पुनर्वास भयो भन्दैमा उ त्यसै देशको नागरिक भइहाल्यो ? अनि उसको रुपरंग, केशभेष इत्यादि गोरेकै भाँति भएछ त ? उसले/उनीहरुले अव नेपालको माटो टेक्ने वित्तिकै कानुनले उसको/उनीहरुको खेदोपाइलो गरि हाल्छ ? के सवै नेपाली आम जनसमुदाय त्यसै भन्छन् कि मुठ्ठीभर तथाकथित कानुनका कारखाना मात्र त्यस्तो उद्घोषणमा उत्रिएका हुन् ?

यस्ता प्रश्न धेरै छन्, लेखिसाध्य नै छैन, सोधिसाध्य नै छैन तर आम नेपालीले एउटा कुरा बुझ्न आवश्यक छ कि भुटानी शरणार्थीहरु नेपालीसँग चिनीपानी भइ मिलेर बसेका थिए÷छन् भने पुनर्वास भएर गएका अधिकाँश शरणार्थीहरु प्रगाढ भावनात्मक सम्वन्ध लिएर र गाँसेर गएकमा छन् अनि कति परिवार त पुनर्वासबाट फर्केर नेपालमै बसोबास गर्ने मनसाय बोकेर गएका छन् । कैंयन शरणार्थीहरूले स्थानीय नेपालीहरूलाइ सहयोग गर्दैछन् भने हज्जारौं लाखौं डलर नेपाल भित्रिन लागेको छ रेमिट्यान्समार्फत ।अनि नेपाली जनसमुदायलाई व्यक्तिगत रुपमा आपसी सम्वन्धको राम्रो सम्वन्ध भएको बेला रतन नेपाल भित्रिँदा र उसलाई प्रवेशाज्ञा दिँदा किन त्यत्रो हैरानी ती व्यवसायीलाई ?
गोरेहरु लोभ्याउन र भित्र्याउन नेपाल भ्रमण वर्ष, विभिन्न ठाउँ भ्रमण वर्ष इत्यादि जस्ता पर्व उमार्न सक्ने देश र देशवासीले किन त्यो २० बर्ष लामो इतिहार्सला एकैपलमा स्वाहा पार्न खोजेको ?
होइन भने, पुनर्वास भएका शरणार्थीलाई विनारोकटोक प्रवेशाज्ञा र ओहोरदोहोरको अवसर दिइनु पर्छ अनि उनीहरुको नेपालप्रतिको अपनत्वको सम्मान गर्दै चाहन्छन् भने नागरिकतासम्म पनि दिन नेपाल र नेपालीले हिचकिचाउनु हुँदैन । आखिर आपराधिक मनोवृत्तिका विहारीलाई थोकको भाउमा सरकार ४० लाख नागरिकता वेच्न सक्छ भने सवालाख नेपाली मूलका इमान्दार र नेपालप्रति वफादार नेपालीलाई दिन किन कञ्जुस्याईं र आनाकानी ?
जे होस् अव उप्रान्त सरकार, कुनै पनि व्यवसायी इत्यादिले कुनै पनि राष्ट्रिय, अन्तराष्ट्रिय, व्यक्तिगत आदि जस्ता सवालमा बोल्दा, लेख्दा र अभिव्यक्ति दिनु पर्दा सोचेर, गमेर कदम चाले सवैका लागि हितकर हुने थियो भने अभिव्यक्ति दिनेप्रतिको आम मानिसको धारणा पनि सकारात्मक नै रहने हुन सक्छ । उखानै छ नि “आफू भलो त जगतै भलो ।”
sulsuley_jasus@yahoo.com

No comments:

Post a Comment