Saturday, August 15, 2009

शिविर खतरामा

खोलामा पहिरो खसेर नदीको पानी वग्न नपाएका कारण जमेको पोखरी फुट्ने खतरा भएपछि वेलडाँगी शरणार्थी शिविर र आसपास क्षेत्रका मानिसको भागदौड मच्चिएको छ ।झापाको पश्चिम उत्तर स्थित इलामको चुलाचुली-९ र वाँझो- २को विचमा भएर वग्ने सुन्दुवा खोलामा नजिकैको पहाड खसेर नदी वग्ने वाटो वन्द भएको छ ।
यसरी नदीको वाटो वन्द भएपछि सो क्षेत्रमा पानी जमेर विशाल पोखरीको रुपमा परिणत भएको छ । सो पोखरी फुट्ने खतरा भएपछि चुलाचुली-२, वाँझो -२ र झापाको दमकस्थित वेलाडाँगी १ को भुटानी शरणार्थी शिविरमा समेत भागदौड भएको छ । पोखरी फुटेर वगाउने त्रासका कारण वेलडागी १ को सेक्टर वि,सी, एफ, र जीका शरणार्थीले आफ्नो धनमाल र लुगा फाटो वोकेर सुरक्षित स्थानतर्फ लाग्ने तयारीमा रहेका छन् । शिविर सचिव टिवि गुरुङले दिएको जानकरी अनुसार शुक्रवार मध्यान्ह्र सो पहिरो खसेको थियो । साँझसम्ममा ४५ क्युसेक पानी जमेको कुरा भुटानी शरणार्थी शिविरको रेखदेखमा सम्लग्न अन्तर्राष्ट्रिय संस्था युएनएचसिआरले जनाएको छ ।उक्त स्थानमा पाथिभरा सशस्त्र प्रहरी गणवाट गएका दर्जनौ प्रहरी जवान र सयौं स्थानिय वासिन्दा उद्धार कार्यमा खटिएका छन् । साथै सम्भावित खतरावाट वच्न शिविर तथा स्थानिय वासीन्दालाई सजग गराउन माइकिङ गर्ने काम भइरहेको कुरा प्रहरीले जनाएको छ । वर्षा भइरहेकाले पानीको मात्रा वढ्ने त्रम जारी रहेको छ ।यसका लागि पोखरी खोलेर पानी निकास गराउन क्रेन ल्याउने प्रयास भइरहेको छ ।

No comments:

Post a Comment