Monday, August 17, 2009

तलब बृद्धिको माग गर्दै कर्मचारी आन्दोलनमा

कर्मचारीहरुको सेवा सुविधा बृद्धि तथा महंगी भत्ता नबढाएकॊ भन्दै आम्दा नेपाल कर्मचारी इकाई समितिले सोमबारदेखि बुधबारसम्म हातमा कालो पट्टी बाँधी सात शरणार्थी शिविरको स्वस्थ्य चौकीहरुमा विरोध कार्यक्रमको घोषणा गरेको छ ।
समितिले दुई हप्ताअघि कर्मचारीको हक-हितको संरक्षण गरि सेवा सुविधा तथा महंगी भत्ता आम्दाले बढाई दिनु पर्ने भनि आम्दा प्रशासनलाई निवेदन गरेपछि समितिलाई वेवास्ता गरेको भन्दै समितिले चरणबद्ध रुपमा आन्दोलनको घोषणा गरि विभिन्न निकायमा माग पत्रसहितको निवेदन पठाइसकेको समितिको अध्याक्ष हुत्तराज पन्तले बताउनु भएको छ ।
आम्दाको प्रशासन क्षेत्रले तीन दिनसम्म कुनै पनि प्रतिकृया नदिए कर्मचारीहरुले शिविरको स्वास्थ्य चौकीमा दैनिकि सेवा बाहेक अन्य सेवा बन्द गर्ने २०६६ भाद्र १ गते देखि ५ गतेसम्म पनि कुनै चासो नदेखाएमा आम्दा बेश अफिसमा अनिश्चितकालिन धर्ना कार्यक्रम संचालन गर्ने भनि ८ बुँदे माग अघि सारेको सहायक अध्यक्ष बहादुर प्रसाद चौधारीले जानकारी दिनु भएको छ ।
शिविरको स्वास्थ्य चौकीमा एक्काशी हातमा कालो पट्टी बाँधी चिकित्सक र सम्पूर्ण कर्मचारी बाहिर निस्केपछि विरामीहरु धेरै डराएका थिए तर नेपाल सरकारका प्रतिनिधि, यूएनएचसिआरका प्रतिनिधि र क्याम्प ब्यवस्थापन समितिको टोलीले अस्पताल निरिक्षण गरेपछि शरणार्थीलाई सेवा सुविधा दिने भनेपछि विरामीको घुइचो बढेको थियो ।
क्याम्प ब्यवस्थापन समितिको कार्यालयमा शरणार्थीको उपचार सम्बन्धि कुनै पनि असर नपरोस् भनि बेलडागी १ क्याम्प सचिव टि.बि. गुरुङले नेपाल सरकारका प्रतिनिधि हर्क बहादुर राईलाई निवेदन गरेपछि शरणार्थी समन्वय इकाई चन्द्रगढीमा क्याम्पमा शान्ति सुरक्षाको माग गर्दै आफूले एक जाहेरी चढाएको राईले बताएका छन् ।
कर्मचारीको माग पूरा नभएमा शरणार्थीको उपचारमा असर पर्ने भएकाले सम्पूर्ण शरणार्थी शरोकारवालाहरुले कर्मचारीको मागलाई ध्यान दिई शिविरमा सेवा सुविधा निरन्तर रुपमा सञ्चालन भइरहोस् भनि निवेदन गरेका छन्

कर्मचारीहरुले पेश गरेको माग पत्र यस प्रकारको छ

No comments:

Post a Comment