Thursday, August 20, 2009

शिविर डुबानमा

भूटानी शरणार्थी शिविरहरु डुबानमा पर्ने खतरा नरहेको एक निरिक्षण टोलीले जानकारी दिएको छ । शिविर निरिक्षण गर्ने गएको टोलीले शिविरको छाप्रा शिविर आसपासमा रहेको खोलाहरुको निरिक्षण गरि कटान भत्काएको ठाँउमा बोरामा माटो लगाई छेकबेर गरेको शरणार्थी प्रतिनिधिहरुले बताएका छन् ।
टोलीमा नेपाल सरकारका प्रतिनिधिशिवीर प्रमुख यूएए्चसिआरका प्रतिनिधि लुथरन विश्व फेडेरेसनबाट क्याम्प अधिकृत शिविर सचिबआदिको उपश्थिती रहेको थियो । टोलीको जानकारी अनुसार भूटानी शरणार्थी शिविर बेलडागी-१मा पर्ने रतुवा खोलाले सेक्टर इ को सेक्टर रातभरि पानी परेमा डुबाउन सक्ने अनुभाव रहेको बताएका छन् भनि बेलाडी-२ ३ को केही सेक्टर भने पानीले डुबाएको र छाप्राहरु चुहिएर बसिनसक्नु भएको शिविर सचिब नारदमुनि सन्यासिले बताउनु भएको छ ।
त्यसैगरी झापाको गोलधाप शरणार्थी शिविरको दोउनि खोलाले पुल भत्काएपछि शरणार्थीलाई सहयोग गर्ने विभिन्न सघं-सस्थाका सबारी साधान आवात जावत गर्ने नसेकेको क्याम्प ब्यावस्थापन समितीले जानकारी दिएको छ । खोलाले पुल भत्किदु गोलधापस्थित भुटानी शरणार्थी शिबिर जाने बाटो टुटेको छ । त्यो शिबिरका पाँचसय छाप्रा डुबानमा परेकाले ति छाप्राका शरणार्थीलाई शिबिरकै अन्य भागमा सारिएको छ ।
त्यहाँ आज बिहानैदेखि सहायता संस्थाका प्रतिनिधि पुग्न सकेका छैनन् ।
सो पुलको निमार्ण कार्य आज देखि साचालन हुन थालेको छ । भने टिमाई र खुदुनाबारी शिविरका शरणार्थीहरुको छाप्रा चुहिएर बसि नसक्नु भएको र खोला बढेर शिविर भित्र पस्न सक्ने संभावन रहेको शिविर सचिवले जानकारी दिनु भएको छ ।
अविरल बर्षका कारण शरणार्थी छाप्राहरु चुहिएपछि निमार्णा कार्यका लागि शरणार्थीले क्याम्प अधिकृत समक्ष लेखित निवेदन चडाए पनि कुनै समाग्री नपाएको गुनासो शरणार्थीहरुले गरेका छन् भने सो कार्यहरुको पुर्ननिमार्ण र खोलाको खतारा छेकबेर गर्नेका लागि बेलडागी-१का शिविर प्रमुख र्हक बाहादुर राईले शरणाथी शरोकारवाल लगायत शरणार्थी समन्वय समितीमा जानकारी गराइसकेको जानकारी दिनुभएको छ ।
सात शिविरहरुमै खोलाले कटान गरेको ठाँउहरुमा छेकबेर गर्नकालागि लुथरन बिश्व फेडेरेसन विश्व खाद्यन्न कार्यक्रम र यूएनएचसिआरले बोरा लगायत विशेष समाग्री वितरण गरिसकेको छ ।

No comments:

Post a Comment